Breaking News
Home / Featured / गृहमन्त्रीसंग भेट बार्ता गर्नेको लर्को

गृहमन्त्रीसंग भेट बार्ता गर्नेको लर्को

कृष्णनगर घटनाको सत्यतथ्य छानबिन गर्न माग
इमरान खान
कपिलवस्तु। पुर्व कृषि मन्त्री अकबाल अहमद शाहले गृहमन्त्री रामबहादुर थापा (बादल) र गृह सचिव प्रेम राईलाई भेटेर गतबुधवार र विहिवार कपिलवस्तुको कृष्णनगरमा भएको घटनाको वास्तविक सत्यतथ्य पता लगाउन छानविनको माग गरेका छन्।

यसअघि युवा नेता एवं संघीय संसदका निर्वाचित सांसद अभिषेक प्रताप शाहले गृहमन्त्रीलाई भेटगरी घटनाको वास्तविकता जाहेर गर्नुभएको थियो। कृष्णनगर घटनाको विषयमा स्थानिय प्रहरी प्रशासनका साथै मानव अधिकारीवादी विभिन्न संघसंस्था, राजनैतिक दल एवं नेताले एकएक गर्दै गृहमन्त्रीलाई जानकारी गराउने कार्य जारी राखेका छन्।

मुस्लीम अगुवा नेता अकबाल शाहले गृहमन्त्री एवं गृहसचिवलाई आईतवार भेटेर ज्ञापनपत्र बुझाउदैं उक्त छानविनको माग गरेका छन्। मुस्लिम नेता तथा वुद्धिजिवीहरु सहित संयुक्त रुपमा उनले आज विहान गृहमन्त्री रामबहादुर थापा वादललाई भेट गर्दै निष्पक्ष छानविन गरी दोषिमाथि कडा भन्दा कडा कारवाहीको लागि ध्यान आर्कषण गराईएको जानकारीदिनुभयो।

राष्ट्रिय जनता पार्टी (राजपा)का नेता समेत रहेका पूर्वमन्त्री शाहले कृष्णनगर घटनाले धार्मीक तथा साम्प्रादायिक सदभाव खलल पुर्याउने कार्य भएको भन्दै यसविषयमा गम्भीर बन्न गृहमन्त्रीलाई गंभीरढंगले छानविन गर्न आग्रह गरेका छन्।

यसैगरी कृष्णनगर घटनाका घाइतेहरुको यथाशीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र घटनामा मुख्य दोषी सोनु अग्रवाल (मोदनवाल)लाई कानुनी दायरामा ल्याउन जोड़दार माग गरेका छन्। नेपाल र नेपालीहरु विच रहदै आएको धार्मिक सहिष्णुतालाई खलल पर्नेगरि दंगा गराउन नचाहने मुस्लिम समुदाय र न्यायकर्मी नेपालीहरुको विषेश सुरक्षाको माग गरेका छन्।

गृहमन्त्री र गृह मन्त्रालयका सचिव प्रेम राईसंग भेटवार्ता एवं ज्ञापनपत्र बुझाउन नेकपाका मुस्लिम गठनका अध्यक्ष सिराज अहमद फारुकी, नेपाल हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल मुस्लिम आयोगका पदाधिकारीहरुको संयुक्त टोली साथमा थिए।

दीपावलीमा लक्ष्मी पुजाको मुर्ती सेलाउन हिडेको रयालीमाथि स्थानिय दुईपक्ष विचको विवाद चर्कदा कृष्णनगर बजारमा कर्फूयु समेत लाग्ेको थियो र कर्फूयुकै समयमा सिमावर्ती भारतीय नागरिक सुरजकुमार गुप्ताको गोली लागेर ज्यान गएको थियो।

कस–कसले दिए ज्ञापनपत्र ? जस्ताको तस्तै:

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share