Breaking News
Home / Featured / प्रदेस ५ मा तीनदिन दीपावली…

प्रदेस ५ मा तीनदिन दीपावली…

मुख्यमन्त्री एवं मन्त्रीहरु राजमार्ग सफाई अभियानमा

भैरहवा । प्रदेश ५को सरकारले प्रदेस स्थापना दिवसको अवसरमा शुक्रवार सार्वजनिक विदा दिई विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।

प्रदेश स्थापना दिवसका अवसरमा तीनदिनसम्म साँझ सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैले दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले बुटवल मण्डपमा स्थापना दिवसको अवसरमा विशेष समारोहबाट शुभकामना आदानप्रदानको कार्यक्रम राखिएको बताए । 

प्रदेश सरकारको मूल समारोह समितीले बुटवल बजार रयाली प्रर्दशन गर्नुका साथै बुटवल मण्डपमा विषेश कार्यक्रमको आयोजना गर्दैछ । उक्त समारोहमा प्रदेस सरकारले हालसम्म गरेको प्रगति प्रतिवेदन सहितको स्मारिका विमोचन गर्ने कार्यक्रम समेत तय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक शेरवहादुर केसीले जानकारीदिए ।

अस्थायी राजधानीमा मुख्यमन्त्री

यसैविच स्थापना दिवसको अवसरमा विहिवार प्रदेस सरकारका मुख्यमन्त्री एवं मन्त्रीमण्डका सवै मन्त्रीहरु कुचो समातेर राजमार्ग सफाई अभियानमा लागेका छन् । प्रदेससिमाभित्र रहेको महेन्द्र राजमार्गको पूर्व सिमाना सुस्ता पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाके र वर्दीया जिल्लामा एकैसाथ राजमार्ग सफाई अभियान थालिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेसको अस्थायी राजधानी रुपन्देहीको बुटवलस्थित मनकामना चोकमा राजमार्ग सफाई अभियानको नेतृत्व गरेका थिए भने । अन्य पाँचजना मन्त्रीहरु राजमार्गले छोएको जिल्लाको एकएकपालिकामा पुगेर नाकमा मास लगाएर हातमा पञ्जा लगाएर कुचो समाएर सडक सफाई गरेका थिए ।

कुन मन्त्रीले कुन जिल्लामा सडक सफा गरे

यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नवलपरासीको बर्दघाट भौतिक विकास मन्त्री बैजनाथ चौधरीले कपिलवस्तुको चन्द्रौटा चोकबाट, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बाँकेको कोहलपुर चोकबाट, सामाजिक विकासमन्त्री सुदर्शन बरालले दाङको लमही चोकबाट र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बर्दीयाको भुरिगाउँबाट चोकमा सरसफाइ अभियानको नेतृत्व गरेका थिए ।

अभियान वस्तीवस्तीसम्म चलाईने

मुख्यमन्त्रि पोखरेलले प्रदेशलाई सरसफाईयुक्त प्रदेश बनाउने राजमार्गबाट सुरु गरिएको अभियान बजार, गाऊघर, टोलका वस्तीवस्तीसम्म सरसफाई अभियान चलाईने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले प्रदेस सरकारसंग मिलेर उपमहानगरपालिकालाई नमूना एक सुन्दर सफा र हरीयाली शहर बनाउने लक्ष्य रहेको वताउनुभयो ।

सरसफाई अभियानमा पालिकाका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधि, निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, संशस्त्र प्रहरी, स्थानीय सर्वसाधारण नागरिकको उत्साहजनक सहभागिता रहेको थियो ।

राजमार्ग सफाई अभियान अन्तर्गत शुक्रवार प्रदेस सरकारको मन्त्रीमण्डलको नेतृत्व टोलीले ६ ठाऊमा एक–एक किलोमिटर जति सडक सरसरसफाई गरेका छन । 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share