Breaking News
Home / Featured / पन्तको राजिनामा स्विकृत : वस्यालले पाए अध्यक्ष

पन्तको राजिनामा स्विकृत : वस्यालले पाए अध्यक्ष

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको कार्यशाला र केन्द्रिय समितीको पुर्ण बैंठक लुम्विनीमा

लुम्बिनी। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा वरिष्ट उपाध्यक्ष मनहरी बस्यालले सोमवारदेखि अध्यक्षको जिम्मेवारी पाएका छन्। अध्यक्ष नवनिधी पन्तको दिएको राजीनामा केन्द्रिय समितीको बैंठकबाट पास गरी वरिष्ट उपाध्यक्ष वस्याललाई बाँकी कार्यावधीका लागि जिम्मेवारी दिएको हो। पन्तले घरायसी कारण देखाइ राजिनामा दिएका थिए।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले लुम्विनीमा सम्पन्न कार्यशाला एवं भेला तथा केन्द्रीय समितिको पाँचौ पुर्ण बैठकले महत्वपुर्ण निर्णयहरु गरेको महासचिव दिवाकर घिमिरेले जानकारीदिनुभयो। 

महासंघका सचिव शिव सागर शर्माले महासंघको अल्पकालिन, मध्यकालीन तथा दीर्घकालिन योजनाहरुको बारेमा गंभीरढंगले छलफल भएको छ। कार्यशाला गोष्ठीको सहजीकरण उत्तमप्रसाद झाले गर्नुभएको थियो।

मंसीर २० र २१ गते लुम्बिनीमा सम्पन्न बैठकले व्यवसायीका व्यवसायजन्य सीप र दक्षता अभिबृद्धि सम्वन्धी अभियान चलाउने, परिवर्तित पाठ्यक्रम अनुसार छपाइ हुने पाठ्यपुस्तकको रजिस्ट्रेशन समयावधि तथा मुल्य निर्धारण सम्वन्धमा नेपाल सरकारको शिक्षा विभाग एवं पाठ्यक्रम विकास केन्द्र तथा सरोकारवाला निकायसंग छलफल गर्ने र आसन्न शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तकहरुको उपलब्धताको लागि पहल गर्ने निर्णय गरेको छ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जिल्लाका सबै निकाय एवं स्थानीय संघ संस्थाहरुसंगको सहकार्यमा वा एकलरुपमै भएपनि पठन संस्कृति अभियानको लागि सामाजिक रुपान्तरणको क्षेत्रमा सक्दो कार्य गनै ततपर देखिएको छ।

महासंघले सवैपक्षसंग शैक्षिक क्षेत्रको विकासका लागि जोडदार रुपमा आव्हान गरेको छ घिमिरेले बताए। महासंघमा आबद्ध जिल्ला शाखाहरु तथा प्रदेशहरुको साधारणसभा क्रमशः पौष १५ देखि पौष मसान्तसम्म सम्पन्न गर्ने र माघ २४ र २५ मा केन्द्रीय साधारणसभा तनहु जिल्लामा गर्ने समेत निर्णय गरेको छ।  

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share