Breaking News
Home / Featured / असुरक्षित राइड सेयरिङ्ग सेवा

असुरक्षित राइड सेयरिङ्ग सेवा

राइड सेयरिङ्ग सेवा टूटल र पठाओ लाइ सरकारले नियन्त्रण गर्ने कुरा संगै यी सेवाहरुको बारेमा सर्बत्र चासो उठेको छ।

टुटलका सेवाका समबन्धमा उठेका केही प्रश्नहरु पनि छन् । यसले ट्याक्सीको बिजनेस खोसेको छ भन्ने कुरा पनि आएको छ। ट्याक्सी सेवा आफैमा बिस्वसनिय नभएको तथा सेवा भावना नभएको अवस्थामा २ पांग्रे राइड सेयरिङ्ग सेवाले राम्रै बजार लिएको छ।

यससंगै बिबिध बिषयमा गहन छलफल हुन जरुरि छ, खासगरि यात्रु को शुरक्षा को बारेमा। पक्कै पनि ट्याक्सीहरु सेवामुखी हुन सकेका छैनन् तर अनियन्त्रित रुपमा २ पांग्रे राइड सेयरिङ्ग सेवा हरुले कुनै शुरक्षा प्रत्याभूति बिना सेवा संचालन गर्न दिनु सम्बन्धित निकायको लाचारी मात्र हुन सक्छ। यात्रुबिमा तथा सुरक्षा का साथै व्यक्तिगत प्रयोजनका सबारीको प्रयोजन गरि संचालित यी सेवा हरुको अनुगमन अपरिहार्य भएको छ।

काठमाडौंको भद्रगोल सार्वजनिक यातायात सेवा, ट्याक्सीमा ठगी, बस र माइक्रोमा अत्यधिक भिडभाडले खुट्टा टेक्ने ठाउँ पाउन मुश्किल तथा चढेपछि त्यहाँ अनेकन सास्तीका कारण टूटल र पठाओ जस्तो अनिन्त्रित सेवाहरु मौलाएका छन् । सम्बन्धित निकायले सार्वजनिक यातायात सेवामा माग र आपूर्तिको सिलसिला मिलाउनुका साथै कानुन ब्यबस्थित गरि असुरक्षित राइड सेयरिङ्ग सेवालाइ कानुनको परिधिमा ल्याउनु को विकल्प छैन।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share