Breaking News
Home / Featured / हेरौ एसइईको नतिजा

हेरौ एसइईको नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ चैतमा लिएको एसईई परीक्षाको नतिजा विहिवार दिउसो सार्वजनिक गरेको छ ।
यसवर्ष एसइईमा नियमीत तथा आंशीक गरी कुल चारलाख ७५ हजार ३ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

जसमध्ये छात्रतर्फ दुईलाख ३६ हजार ४४५ जना परीक्षार्थी सहभागी थिए । यसैगरी छात्रातर्फ दुईलाख ३८ हजार ५५८ जना परीक्षामा समिलीत भएका थिए ।
जसमा यसवर्ष एसईई परीक्षामा ए प्लस ल्याउने १६ हजार ८२ परीक्षार्थी छन् । ए पल्स ल्याउने छात्रहरुमा नौ हजार पाचसय ९६ जना र छात्राहरुमा सात हजार दुईसय ८६ जना मात्रै उत्कृष्ट हुन सफल भएका छन् ।
यसैगरी ४ हजार ९६० ले ए जीपीए ल्याएका छन् । यसैगरी ७४ हजार ११० ले बी, ६० हजार ७०६ जनाले बी प्लस, ९७ हजार २९९ ले सी प्लस, सी ल्याउने ९५ हजार २ सय ९ जना परीक्षार्थी छन् । यसैगरी ४३ हजार ८४० जना विद्यार्थीले डी प्लस र चारहजार ४२९ जनाले डी जीपीए ल्याएका छन् ।
बोर्डले गतवर्षभन्दा करिव दुईसाता पछि नतिजा प्रकाशन गरेको छ । प्र

देश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपरेका कारण केहि ढिला भएको वताईन्छ । एसईसी परीक्षा २०७५ चैत १० गतेदेखि संचालन भएको थियो ।
नतिजा जानकारी पाउनका लागि राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट वा नेपाल टेलिकमको मोबाइल, टेलीफोन र एनसेलबाट पनि थाहा पाउन सकिने सुविधा उपलव्छ ।

मोवाईलमा संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाएर पनि हेर्न सुन्न सकिन्छ । टेलीकमका अन्य टेलीफोन, सिडिएमएबाट पनि १६०० डायल गरेर थाहा पाउन सकिनेछ । जस्तै एसइई स्पेस सिम्बोल नम्बर (see.ntc.net.np) टाइप गरी १६००मा सन्देश पठाएर थाहा पाउन सकिन्छ । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयका अधिकारीले बताएका छन् ।
परीक्षा बोर्डले नतिजा अर्कोतर्फ नेपाल टेलिकमको वेबसाइट कभभ।लतअ।लभत।लउमा लगइन गरेर थाहा पाउन व्यवस्था मिलाएको छ । वेबसाईटबाट मार्कसिट समेत हेर्न सकिन्छ तर त्यसका लागि परीक्षार्थीको आधिकारिक जन्म मिति टाईप गर्नुपर्नेछ ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share