Breaking News
Home / Featured / व्यवस्थापीकाका २८ जना सभासदद्धारा नगरसभा बहिस्कार

व्यवस्थापीकाका २८ जना सभासदद्धारा नगरसभा बहिस्कार

कृष्णप्रसाद ढकाल

भैरहवा। विधी र प्रक्रिया विपरीत नगरप्रमुखले नगरसभा संचालन एवं रुलिङ गरेको आरोप लगाउदैं मंगलवार सिद्धार्थनगर नगरपालिका व्यवस्थापीकाका २८ जना सभासदले सामुहिक रुपमा नगरसभा बहिस्कार गरेका छन्।

 

नगरपालिकाको पाचौं नगरसभा अन्तर्गत मंगलवार नगरप्रमुखप्रति आक्रोशीत हुदैं सभासदहरु सभाहलबाट लस्करै २८ जना बाहिर निस्की विरोध जनाएका छन्। नगरसभा बैंठक छोडेर सभासदहरुले सामुहिक रुपमा पत्रकार सम्मेलन गरी आफनो असन्तुष्टी पोखेका छन्

 

नगरप्रमुख हरि अधिकारीले सभामा सहिढंगले अध्यक्षताको भूमीका निर्वाह गर्न नसकेको र विभेदपुर्ण कार्यशैली प्रस्तुत गरेको, व्यवस्थापिकाको सभा संचालन गर्न असक्षम भएको गंभीर आरोप लगाउदैं सभासदहरुले सभा बहिस्कार गरेका हुन

 

महेन्द्रसभा गृहमा आयोजना गरेको सभाको बैंठक मंगलवार विहान खाजा नास्तापछि ८ः०० वजे बैंठक आरम्भ गरिएको थियो। सुरुमै न्यायीक समितीको प्रतिवेदनमाथि छलफल थियो।

 

तर न्यायीक समितीको प्रतिवेदन सभासदहरुलाई नदिई उपप्रमुखको सट्टा गैरएकजना सदस्यले मौखीक रुपमा न्यायीक समितीको कुरा अगाडी बढाएपछि सभामा विवाद चर्कोको थियो।

 

न्यायीक समितीको पुर्ण जिम्मेवार बहन गरेकी उपमेयर उमा काफलेले नगरसभामा लिखित प्रतिवेदन ल्याउनु सट्टा वडा नं. २का सदस्य राजेन्द्र सिंह खडकाबाट मौखीक कुरा गरेर टुंगाउन खोजेको भन्दैं सभासदहरुले घोर आपती जनाउदै सभा वहिस्कार गरेको वडा नंं १२ का अध्यक्ष करुन्जन श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारीदिनुभयो।

 

न्यायीक समितीको प्रतिवेदन ८ः१५ वजे सुरु गरी ८ः३० वजेसक्ने गरी १५ मिनेट मात्रै समय छुटाईएको थियो । सभा विहान ८ वजेदेखि ११ वजेसम्मका लागि समय तोकिएको थियो ।

 

यसैगरी उक्त सभामा लेखा समितीको प्रतिवेदन, नगरपालिकाको संगठन संरचना तथा दरवन्दी सम्वन्धी छलफल, आ.व.०७५।०७६को जेष्ठ मसान्तसम्मको आय–व्याय विवरण, कर छुट अनुमोदन, चालु आ.वको केही कार्यक्रम संशोधन अनुमोदन तथा विविध निर्णय गर्नका लागि नगरसभामा कार्यसूची र समय तोकिएको थियो।

 

उक्त विषयका प्रतिवेदनहरु वाचन गर्ने र छलफल सहित रायसुझाव पेस गर्नका १५ मिनेटदेखि ३० मिनेटको समय सिमा मात्रै तोकिएको थियो।

 

जबको सभामा त्यो समय धेरै कमी हो, निर्धारित समयमा प्रस्तुती नै गरेर भ्याईदैन भने अर्कोतर्फ छलफलको लागि समय नै नदिइ मेयरले हिटलर शैलीमा कार्यक्रम अगाडी वढाउने काम गरेको सभाका सदस्य दीपक श्रेष्ठले गुनासो गर्नुभयो।

 

‘अध्यक्षले बैंठकभित्रै समान हैसीयतका सदस्यहरु विचनै विभेद गरे, सभामा सहिढंगले रुलिङ गरेनन, सभा संचालन गर्न खुवी नगरप्रमुख देखिएन।’ नगरसभाका सदस्य श्रेष्ठले भने।

 

‘आफूखुशी मनपरीढंगले बजेटको खर्च गरी हिनामीना गर्ने काम भएको छ।

कार्यक्रम र वजेट खाली आफना कार्यकर्ता नजीकको मान्छेलाई मात्रै पोस्ने काम गरेका छन्।’ उनले भने।

 

‘यसो गर्नुभएन भन्दा कार्वाही गर्छु भन्ने धम्की दिए मेयरले। मेयरको आफ्नै खुवी छैन, नियम पालना गर्नु छैन, एमाले–माओवादीको बहुमत छ भन्दैमा मनपरी गर्न दिने कुरा पनि भएननी।’ उनले भने।

 

सभा वहिस्कार गर्नेहरुमा वडा नंं १, ६, ७, ८, ११ र १२ का अध्यक्ष एवं अधिकांश सदस्यहरु रहेका छन्।

 

यसैगरी वडा नं. २ र ३ का दुईजना सदस्यले पनि मेयरको रवैका एवं कार्यशैलीप्रति चित नबुझी आफूहरुले पनि नगरसभा वहिस्कार गरेको बताए।

 

नगरपालिकाको नगरसभामा नेपाली काग्रेस पार्टीले खडा गरेका २५ जना निर्वाचित अध्यक्ष एवं सदस्य छन्। यसैगरी राप्रपा प्रजातन्त्रिकका ३ जना स्वतन्त्र ४ जना र अन्य नेकपाका सदस्यहरु छन्।

 

असार १० गते नगरपालिकाको पाचौं नगरसभाको नीति तथा कार्यक्रम पास भएको थियो। सोही दिन घुमाउरोढंगले आर्थिक विधेक पनि पास गर्ने रणनीति बनाएको थियो।

 

तर सदस्यहरुको आर्थिक विधेयकको प्रतिवेदन आफूहरुले नपाएको र उपलव्ध गराउन माग गर्दै सोप्रतिवेदन अध्ययनका लागि छदिनको समय मागगर्दै सोमवारसम्मका लागि सभा सारीएको थियो।

 

सोमवार केहि विपतीका माझ बजेटमाथि छलफल भएको थियो।  मंगलवार वजेट तथा कार्यक्रम पास गर्ने नगरसभा बैंठक आह्वान भएको थियो।

 

नगरप्रमुख हरि अधिकारीले सभा लोकतान्त्रिक विधी अनुसार संचालन गरेको बताउदैं कसैले अन्तुष्टी राख्नु स्वभाविक भएको छोटो प्रतिक्रिया दिए।
‘बस्नु–बस्नु छलफल गरौं भन्दै थिए, उहाहरु बैंठककक्षबाट उठेर जानुभयो।’

 

मेयर अधिकारीले भने। ‘उनीहरु गएपछि मैले सभा एक घण्टा स्थगीत गरेर कुरे, तर उहाहरु आउनुभएन।

 

उनीहरुको सुनियोजित योजना रहेछ, बैंठकमा आउनुभएन, पत्रकार सम्मेलन गर्न जानुभयो। मैले के भन्नु उहाहरुलाई।’

 

नगरसभा वहिस्कार गरेको जानकारीदिने अध्यक्ष एवं सदस्यहरुको नामसहित हस्ताक्षर ः

 

 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share