Breaking News
Home / Featured / ससस्त्र क्रान्ति त्यागियो तर बन्दी छुटेनन: तराई–मधेश टाइगर्स

ससस्त्र क्रान्ति त्यागियो तर बन्दी छुटेनन: तराई–मधेश टाइगर्स

भैरहवा । तराई मधेश टाईगर्स पार्टीले विगत ४ वर्षदेखि पुर्ण रुपमा ससंत्र क्रान्तिको आन्दोलन त्यागे जनाउदैं आफ्ना पार्टीका कार्यकर्ताहरुलाई नेपाल सरकारले वन्दी बनाइए राखेकोमा गुनासो गरेको छ ।

सरकारले आफ्नो पार्टीका एकसय ३२ जना कार्यकर्तालाई अझै वन्दी बनाई राखेको उक्त पार्टीका नेताले आरोप लगाएका छन् ।

पार्टीको प्रदेस ५ ले मंगलवार भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गरी उक्त कुरा बताउदैं सरकारसंगको वार्ता र सहमतीका आधारमा पार्टी पुर्णरुपमा खुला राजनीति गरिरहेको जनाएको छ ।

उक्त पार्टीले सरकारलाई आफना हातहतियार तथा विस्फोटक वस्तु एवं युद्धरत सामाग्रीहरु विभिन्न दुईचरणमा रुपन्देही र कपिलवस्तु जिल्ला प्रहरी एवं प्रशासन कार्यालयमा बुझाई शान्तिपुर्ण राजनीतिमा प्रवेश गरेको छ ।

‘हामी सिके रावत जस्तो स्वतन्त्र मधेश या आजादीको लडाईको पक्षमा छैनौं, मधेशका जनताले अधिकार पाउनु पर्छ, प्रान्तीय सरकार भएपनि हुन्छ भन्ने पार्टीको नीतिगत लडाई हो ।’ केन्द्रिय सचिव मेजन पाण्डेय भन्ने अमर धवलले भने । ‘अहिले पार्टीले हतियार विर्सेर जनताका माझ खुला रुपमा राजनीति गर्दैछौं ।’

अहिले प्रहरी प्रशासनले पार्टीका कार्यकर्तालाई दुःखदिने काम नगरेको तर पहिला समातेका कार्यकर्ताहरुलाई सहमती भएको ४ वर्ष वितिसक्दा पनि नछोडेकोमा दुःख लागेको उनले गुनासो गरे ।

सरकारले राजनीतिक वन्दी कार्यकर्ताहरुमाथि अपहरण, चन्दा असुली, विस्फोटक पदार्थ, हात हतियार तथा खरखजना, लागु औषध, डाका चोरी, हत्यालगायतका विभिन्न वेकसुर अभियोग खडा गरी नेपालका विभिन्न कारागारहरुमा थुनामा राखेको पार्टीका केन्द्रिय सचिव मेजनले संचारकर्मीलाई जानकारीदिए ।

तराई मधेश टाईगर्स पार्टीले २०५९ सालदेखि २०७१ मंसीर १५गतेसम्म तराई मधेशका नागरिकको अधिकारका लागि भूमीगतढंगले ससस्त्र आन्दोलन जारी राखेको थियो । टाईगर्स पार्टीले सरकारसंग पहिलो चरणमा २०७१ मंसीर १६ गते र दोस्रो चरणमा २०७५ मंसीर २६ गते सरकारसंग शान्ति वार्ता एवं सहमती गरेको थियो ।

अवदेखि पार्टीले सहमतीका आधारमा काँग्रेस, नेकपा, राप्रपा, फोरम, नेपाल जनता पार्टी जसरी खुला राजनीति गर्ने प्रतिवद्धता जनाएको छ । पार्टीले पूरानो नीतिमा परिवर्तन गरी खुला राजनीतिमा संगठन विस्तारको अभियान थालेको पार्टीका केन्द्रिय सचिव मेजन पाण्डेय भन्ने अमर धवलले संचारकर्मीलाई जानकारीदिनुभयो ।

यसैविच पार्टीले ५ नं. प्रदेसका तराई–मधेशका जिल्लामा नया संरचना अनुसार संगठनको विस्तारको अभियान थालेको र हालै रुपन्देहीको सुर्यपुरा र परसीमा खुला सभा सम्पन्न गरेको पार्टीका प्रदेस ५ का संयोजक एवं केन्द्रिय सदस्य मिलन चौधरी भन्ने मोहम्मद तकी खाँले बताउनुभयो ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share