Breaking News
Home / Featured / तिलौराकोट दरवारमा फेरि भेटिए प्राचिन सिक्काहरु

तिलौराकोट दरवारमा फेरि भेटिए प्राचिन सिक्काहरु

विश्व सम्पदामा सूचिकृत हुने बलियो आधार फेला

कृष्णप्रसाद ढकाल
कपिलवस्तु । प्राचिन कपिलवस्तु गणराज्यको राजधानी तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृत हुने प्रमाणहरु धेरै फेला परेका छन् । दरवार परिसरमा चरणवद्ध रुपमा गरिएका उत्खन्नबाट जुटेका प्रमाण नै यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रमुख आधार वनेको पुरातत्व विदहरुले पुष्टी गर्नुका साथै दावी गरेका छन् ।

बेलायतका वरिष्ठ पुरातत्वविद रबिन कनिङ्घम तथा पुरातत्व विभागका बरिष्ठ पुरातत्वविद कोष प्रसाद आचार्यको टोलीले दरबार भित्रका ४ स्थानमा उत्खन्न गरी प्राप्त प्रमाणलाई पुष्टी गर्दै आएका छन् ।

तिलौराकोटमा विगत ८ वर्षदेखि निरन्तर रुपमा उत्खन्नको कार्य गर्दै आएको छ । प्राप्त प्रमाणले यसको वास्तविकता, प्राचिनता र ऐतिहासिकता पुष्टिका लागि ज्यादै महत्वपूर्ण मानिएको छ ।

उत्खन्न गर्दा बौद्धकालिन, मौर्यकालिन, सुंघकालिन, कुषाणकालिन र गुप्तकालिन समयमा निर्माण भएका संरचना, मुद्राहरु भेटिएका छन् । यसवर्षको दुईसाता अघि दरबारको उत्तरी गेटको पश्चिममा उत्खन्नको गर्नेक्रममा पुरातत्वका अधिकारीले २५२ वटा कुषाणकालिन तामाका मुद्रा भेटाएका छन् । यसअघि सन् २०१५मा यहि टोलीले दरबारको पूर्वीद्धारतर्फ उत्खन्न गर्नेक्रममा ४९७ वटा मौर्यकालिन पञ्चमार्ग चा“दीका मुद्राहरु फेला पारेको थियो ।

तिलौराकोट दरबार इशापूर्व आठौ शताव्दीमा पनि व्यवस्थित शहर रहेको उत्खन्नबाट पुष्टि भएको पुरातत्वविद डा. कनिघमले वताउनुभयो ।

प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोट दरवार परिसर १६ सय मिटर लामो सुरक्षा पर्खाल, पर्खाल किनारमा नहर, दरबार छिर्ने ४ वटा द्धार, ठूला सडक, पोखरी, ढलको निकास, दरबार किनारमा हतियार कारखानाले यो शहर इशा पूर्व आठौ शताव्दी चरणमा भेटिएका शहरमध्ये आधुनिक र व्यवस्थित रहेको उत्खन्नमा संलग्न पुरातत्वविदले जानकारीदिए ।

तिलौराकोट शाक्यमुनी बुद्धका पिता राजा शुद्धोधनको राजधानी रहेको प्रमाण सुरुको उत्खन्नमा पुष्टि भईसकेको थियो । तिलौराकोटमा प्राचिनकालमा १५ सय बर्षसम्म मानव बस्ती रहेको प्रमाण फेला परेको उत्खन्नमा संलग्न पुरातत्व विभागका प्रमुख पुरात्तव अधिकृत रामबहादुर कुव“रले जानकारीदिनुभयो । इशापूर्व आठौ देखि सातौ शताव्दीसम्म मानव बस्ती रहेको प्रमाणहरु भेटिएको उनले बताए ।

जापानिज फण्ड ईन ट्रष्ट जेफीड फर युनेस्कोको आर्थिक सहयोगमा पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा फ्रेवरी २८ गतेदेखि उत्खन्न एवं संरक्षणको कार्य सुरु भई प्राप्त प्रगति एवं प्रमाणहरु बारे उक्त टोलीले मार्च २० तारिखमा कोलोज कार्यक्रम गरी स्थानिय सरोकारवाला निकायलाई जानकारीदिएको लुम्विनी विकास कोषका सदस्य राजेश ज्ञवाललीले वताउनुभयो । विज्ञ सहितको टोली तिलौराकोट दरबार क्षेत्रको मध्ये भागको संरचना परिसर, केन्द्रिय पोखरी र समयमाई मन्दिर पछाडीको क्षेत्र तथा कन्थुप स्तुप क्षेत्रको उत्खन्न एवं संरक्षणको कार्यमा खटिएको थियो ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share