भैरहवा। काठमाण्डौं बाहिर प्रदेस एवं स्थानिय सरकारले पहिलो पटक आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको तयारी पुरा भएको छ। तिलोत्तमा नगरपालिकाद्वारा आयोजित लगानी सम्मेलनमा भारत, चीन, कोरिया, बगंलादेश एवं स्वदेशी लगानीकर्ताहरु र ७ वटैं प्रदेसका सरकार प्रमुख एवं प्रतिनिधीहरुको सहभागितामा यहि असोज ९ गते भव्यताका साथ संचालन हुने नगरपालिकाले जनाएको छ।
नगरको समग्र विकासका लागि स्वदेशी एवं विदेसी पूजी भित्राएर उद्योग व्यवसाय प्रतिष्ठान संचालन गर्नका लागि नगरपालिकाले लगानी सम्मेलनको आयोजना गरेको हो। यसैविच नगरपालिकाले औपचारिक रुपमा प्रस्ताव गरेका २२ वटा परियोजनाहरुमध्ये ९ वटा परियोजनाप्रति लगानीकर्ता सहमत बनी काम गर्ने इच्छा व्यक्ति गरीसकेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारीदिनुभयो।
दुग्ध प्रशोधन केन्द्र, तिलोतमा नगरमा रेलवे संचालन, फोहोर व्यवस्थापन, कृषि उपज संकलन केन्द्र, सिपसंग सम्वन्धीत ट्रेडिङ सेन्टर, क्यान्सर अस्पताल संचालनका लागि लगानीकर्ताहरुले तिव्र इच्छा व्यक्त गरेको नगरप्रमुख घिमिरेले जानकारीदिनुभयो।
यसैगरी नगरमा गुणस्तरीय एवं विविध विषयगत सिटी कलेज, डाक्रे विहार पर्यटकीय रिसोर्ट, मिनी नेपाल परियोजनाप्रति लगानीकर्ताहरु करोडौं रुपैया लगानी गरेर संचालन गर्न तत्पर देखिएको र मौखिक सहमती एवं प्रतिवद्धता जाहेर गरेको उनले जानकारीदिए। लगानीकर्ताहरुलाई नगरपालिकाले सहज रुपमा विद्युत, सडक र जग्गा उपलव्ध गराउन आवश्यक तयारीहरु गरिरहेको छ।
लगानी सम्मेलनको उदघाटनमा अर्थमन्त्री युवराज खतिवडा, प्रदेश ५का मुख्यमन्त्री शंकर पोख्रेलका साथै अन्य प्रदेशका मुख्यमन्त्री एवंं प्रदेश सरकारका मन्त्री एवं प्रतिनिधीहरु समेत सहभागी भएको आयोजकले जनाएको छ।
सम्मेलन असोज ९ गते विहिवार एकदिन मात्रै संचालन हुने र सम्मेलनको सवै कार्यक्रमहरु टाइगर प्यालेस रिसोर्टमा संचालन गरिने र त्यसको तयारी सवै पुरा भएको छ। नगरपालिकाले कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा लगानी भित्राउन लगानीकर्ताहरुलाई आकर्षीत गर्नका निम्ती सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनमा स्वदेशी र विदेशी गरी पाचसयवढीजनाको सहभागिता रहनेछ । विभिन्न परियोजनामा २ अर्ब बराबरको लगानी भित्राउने अपेक्षा राखिएको छ। केहि परियोजनाहरू सामुदायिक निजी साझेदारी मोडेलमा पनि सञ्चालन गर्नसकिने खालका रहेका छन्।
नगरपालिकाले वडा नं. १० मा उद्योगग्रामका रुपमा विस्तार गर्नका लागि ततकाल २५ विगाहा सार्वजनिक जग्गा व्यवस्थापन गरेको छ। नगरमा छरिएर रहेको करिव ८०० विगाहा सार्वजनिक सरकारी जग्गालाई पनि उपयोगमा ल्याउन नगरपालिकाले आन्तरिक एवं संघीय सरकार तथा प्रदेश सरकारसंग समन्वय बढाएको छ।
लगानी सम्मेलनप्रति यसक्षेत्रमा धेरैपक्षमा सकारात्मक सहयोग मिलेको र सवै क्षेत्र उत्साहित भएको नगरपालिकाका प्रेस सल्लाहकार विपी गौतमले जानकारीदिए।सम्मेलनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न २४ वटा उपसमितिहरू समेत गठन गरीएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो।