Breaking News
Home / Featured / मेडिकल कलेजका विद्यार्थीहरुद्वारा परीक्षा बहिस्कार

मेडिकल कलेजका विद्यार्थीहरुद्वारा परीक्षा बहिस्कार

मेडिकल कलेजका विद्यार्थीको आन्दोलन ३४ औं दिन 

भैरहवा। युनिभर्सल मेडिकल कलेजका विद्यार्थीहरुले कलेज प्रशासनले अवैध रुपमा लिएको शुल्क अझैसम्म फिर्ता नगरेको भन्दै मानव सांगलोमा बाँधिएर पेनडाउन गर्दै परीक्षा बहिस्कार गरेका छन्। बुधवार कलेज परिसरमा विद्यार्थीहरुले मानव सांगलोमा बाधिएर पेनडाउन गरी विडिएसको परिक्षा वहिस्कार गरेका छन्।

विडिएसमा भर्ना भएका प्रथम वर्षका सवै ४० जना विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन्। सरकारले तोकेको भन्दा वढी अवैध रुपमा लिएको शुल्क फिर्ता नगरेपछि विगत ३४ दिनदेखि आन्दोलनमा उत्रेका विद्यार्थीहरु २० दिनदेखि रिले अनसनमा छन्।

यसैविच परीक्षा तोकिएको छ। तर कलेजले शुल्क फिर्ता नगरे भोलि विहिवारको एमविविएस प्रथम वर्षको आईविएमएस विषयको परीक्षा पनि बहिस्कार गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन्। उक्त सेमेस्टरमा १०० जना विद्यार्थीहरु रहेका छन्।

शुल्क फिर्ता नहुदासम्म नियमीततर्फ प्रथम वर्षको सवै फेक्लटीको परीक्षा वहिस्कार गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन्। अन्य तह सिनियरहरुको परीक्षालाई भन्ने बाधा नपुराउने वहिस्कार नगर्ने विद्यार्थीले बताएका छन्।

कलेजहरुले विभिन्न वहानामा विधार्थीहरुबाट अवैध रुपमा लिएको रकम फिर्ता गर्न निर्देशन दिएको छ। तर मेडिकल कलेजहरुले उक्त रकम फिर्ता नगरी आलटाल गर्दै भावि शुल्कमा समायोजन गर्ने सहमती गरेका छन्। कलेज प्रशासनको उक्त सहमतीलाई विद्यार्थीहरुले विपती जनाउदैं एकमहिनादेखि पेनडाउन गरी कलेजमा आन्दोलन जारी राखेका छन्।

युनिभर्सल कलेज प्रशासनले विडिएस प्रथम वर्षका परीक्षा बाहेक अन्य सवै सुचारु रहेको कलेजका प्रमुख एचआर कमल ढकालले जानाकारीदिनुभयो। अर्कोतर्फ विद्यार्थीहरुले सामुहिक रुपमा बहिस्कार गरेको उक्त विषयको परीक्षा स्थगीत गरेको वा सरेको भन्ने कुनै सूचना कलेज प्रशासनले जानाकारी दिएको छैन।

युनिर्भसल मेडिकल कलेजका विद्यार्थीहरु मानव सांगलोमा । फोटो : अनुभव गुप्ता

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share