भैरहवा। अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच शनिवार राती छ बुँदे सहमति भएको छ।
शैक्षिक बर्ष २०७५।०७६मा शुल्क तिरेका विद्यार्थीहरुले उक्त रकम त्रिवि रजिष्टेशन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क रकम कटौती गरी बाँकी रकम दोस्रो किस्तामा समायोजन गर्ने सहमती गरेका छन्।
यसैगरी २०७४।०७५मा भर्नाभई अध्यनरत विद्यार्थीहरुले पहिलो र दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाईसकेकाले पनि त्रिवि रजिष्टेसन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्वन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजैका मितिबाट समायोजन फिर्ता गर्ने प्रक्रिया शुरु गर्ने सहमतीमा विद्यार्थीहरुले आन्दोलन स्थगीत गरेका छन्।
युनिभर्सल मेडिकल कलेजका प्रमुख प्रशासक अजयकुमार पिएस र सन्तोषकुमार विएन एवं विद्यार्थीकातर्फबाट अशोक छत्कुली, रुद्रनारायण शाह, राजेश पौडेल, सुभास झा लगायतका १५ जना विद्यार्थीको आपसी समझदारी सहमती गरी ६ वुदे सहमतीमा हस्ताक्षर गरेका छन्।
सहमतिपछि विद्यार्थीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् । आईतवारबाट कलेजका शैक्षिक प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप सूचारु भएका छन्।
कलेज प्रशासनले आन्दोलनमा सहभागी भएका विद्यार्थीलाई कुनै पूर्वाग्रह नराख्ने र विद्यार्थीको शैक्षिक समस्यामा सम्वन्धमा कलेजको एकेडेमिक काउन्सिल गंभीरढंगले अगाडी वढ्ने सहमती भएको कलेजका प्रमुख जनसम्पर्क अधिकृत शुशील गुरुङले जानकारीदिनुभयो।
हेर्नुहोस् सहमती पत्रको पुर्ण पाठः