Breaking News
Home / Featured / संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

बुटवल। नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले न्याय समय सापेक्ष सुधारको अपरीहार्य रहेको बताउदैं संविधान संशोधन गर्न अत्यन्त जरुरी रहेको धारणा राखेका छन्।

नेपाल बार एशोसिएशनद्धारा मंगलबार बुटवलमा आयोजित मानव अधिकार सम्वन्धी राष्ट्रिय सम्मेलन तथा नेपाल बार एशोसिएसनको ४६ औं कार्यकारीणी परिषदको बैंठकको उदघाटन समारोहमा उप प्रधानमन्त्री तथा कानुन मन्त्री यादवले उक्त कुरा बताउनु भएको हो।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी समालेका उपप्रधानमन्त्री यादवले सम्मेलनको उदघाटनसत्रमा भने। ‘मैले कुनै राजनैतिक आग्रह पूर्वाग्रहले संविधान संशोधन गर्नुपर्छ भनेको होईन।’

समारोहमा विशिष्ट अतिथिका रुपमा संबोधन गर्नेक्रममा उप प्रधानमन्त्री तथा कानुन मन्त्री यादवले भने। ‘न्यायीक कार्य सम्पादन स्वतन्त्र रुपमा गर्नका लागि पनि कानुनमा समावेशीता चाहिन्छ, राजनैतिक हस्तक्षेप होईन। संविधान संशोधनका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्न कानुन मन्त्रालय म प्रतिवद्धता व्यक्त गर्दछु।’  

न्यायपालिकाभित्र वेथिती विसंगीती भएको समाचारबाट सुन्दा मर्माहत भएको छु। न्यायपालिकामा जनआस्था घटेको छ, न्यायधिश नियुक्त रंगरोगन, डेन्टीङ पेन्टीङबाट हुनु चिन्ताको विषय हो। संवैधानिक दायीत्व, मानव अधिकार, नेपालको कानुन व्यवसायी सक्षम स्वतन्त्र हुदा गणतन्त्र बलियो हुने उनले बताए।

WHO hand washing technique

Check Also

मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

कपिलवस्तु। संघिय सरकारले अस्ती बजेट बाडफाड गर्दा बर्दिया र कपिलवस्तु जिल्लालाई छुटाएपछि कपिलवस्तुवासीले सरकारले विभेद …

Tweet
Share
Pin
Share