Breaking News
Home / जीवनशैली/स्वास्थ / कला/साहित्य / अर्पण सार्वजनिक 

अर्पण सार्वजनिक 

ओएसनेपाल मिडिया प्रालि को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको “ओएसनेपाल म्युजिक अवार्ड-२०७६” को तेस्रो संस्करण विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उत्कृष्ट पाँचको प्रमाणपत्र बितरण गर्नुका साथै ओएसनेपालको प्रस्तुति, कवि, गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन ”अमर” को रचनामा रहेको गीतिएल्बम “अर्पण” को एक समारोहबीच मधेसी आयोगका अध्यक्ष प्रमुख अथिती माननीय डा विजयकुमार दत्तबाट सार्वजनिक भएको छ। कार्यक्रममा ज्योतिष सिवराज रेग्मी को पनि उपस्थिति रहेको थियो ।

एल्बमभित्र मेलिना राई, योजना पुरी, यज्ञ राई, इन्दु कुँवर, जितेन्द्र खाती र राम अवाले आदिको स्वर रहेको छ भने उक्त एल्बमभित्र रहेका सम्पूर्ण गीतहरूको संगीत एवं एरेन्जर संगीतकार राम कार्कीको रहेको छ ।

कार्यक्रम संचालन शिशिर भण्डारी, चिरञ्जीवी सापकोटा, योजना पुरी र कमल सरगमले संचालन गरेका थिये। कार्यक्रममा ५८ विद्यामा उत्कृष्ट रहेको गीतहरूका गायक, गायिका, कलाकार, निर्देशक, एजेन्जर, संगीतकारआदि सबैलाई उत्कृष्ट पाँचको प्रमाणपत्र वितरण गरिएको थियोे ।

WHO hand washing technique

Check Also

मन्त्री लिलाबाट लुम्विनी महोत्सवको समापन गरिदैंं

भैरहवामा ११ दिनदेखि जारी लुम्विनी महोत्सवमा करिव १० करोडको कारोवार र दुईलाख दर्सकद्धारा अवलोकन गरेको आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ मेला सचिवालयको दावी ।

Tweet
Share
Pin
Share