Breaking News
Home / देश/समाज / प्रदेस सरकारद्वारा ५१ जना मनोनित

प्रदेस सरकारद्वारा ५१ जना मनोनित

भैरहवा । प्रदेश ५ सरकारले समग्र विकास सम्वन्धी योजना एवं राय सुझाव संकलनका निम्ती प्रदेसको विकास परिषदमा ५१ जनालाई मनोनित गरेको छ । मुख्यमन्त्री शंकर पोख्रेललको संयोजकत्वमा प्रदेश सरकारले मन्त्री, सचिवहरु, प्रमुख प्रतिपक्षी दलका नेता, विज्ञसमेत रहने गरी प्रदेश विकास परिषद् गठन गर्ने निर्णय बमोजिम पहिलो चरणमा विभिन्न क्षेत्रबाट सदस्यहरु मनोनित गरेको मुख्यमन्त्रीका प्रेस संयोजक शेर बहादुर केसीले जानकारीदिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको नाम अनुसार स्थानीय तहबाट १५ जना, संस्थागत प्रतिनिधि २५ जना र आमन्त्रित व्यक्ति ११ जना सहित ५१ जनालाई मनोनित गरेको छ । प्रदेसमा १२ जिल्ला मध्ये अस्थायी राजधानी बुटवल रुपन्देही जिल्लाका सवैभन्दा धेरै १५ जना परिषदमा मनोनित भएका छन् ।

यसैगरी मुख्यमन्त्री पोख्रेलले आफनो गृह जिल्लाबाट ८ जनालाई छनोट गरी मनोनित गरेका छन् । पहुचका आधारमा मनोनित गरिएको छ । प्रदेसका सभामुखले पनि रोल्पाबाट ४ जनालाई मनोनित गराउन सफल भएका छन् । अन्य कपिलवस्तु, पश्चिम नवलपरासी, अर्घाखाची, गुल्मी, पाल्पा, रुकुम, प्यूठान, बाके, वर्दियाबाट पनि २–३ जना मनोनितमा परेका छन् । 

सरकारले विकास परिषदमा अपांगता भएका व्यक्ति, एकल महिला, तेश्रो लिंगीका संस्था एवं युवा परिषद्बाट पनि प्रतिनिधित्व गराउने जनाएको छ । परिषदमा प्रदेसभित्रका स्थानिय सरकारका ४ उपमहानगरपालिकाका प्रमुख, ७ वटा नगरपालिका र ४ वटा गाउँपालिकाका अध्यक्ष सहित १५ जना छनोट भएका छन् । यसैगरी संस्थागत प्रतिनिधिमा शिक्षा, स्वास्थ्य, कानुन, उद्योगी व्यवसायी, अर्थविद्, भाषाविद्, वनविज्ञ, प्रशासनविज्ञका रुपमा २५ जनालाई परिषदको विकास सदस्यमा मनोनित गरिएको छ ।

परिषदका मनोनित सदस्यहरु:

स्थानीय सरकारका रुपमा शिवराज सुवेदी, बुटवल उपमहानगरपालिका रुपन्देही, नरुलाल चौधरी, घोराही उपमहानगरपालिका दाङ, घनश्याम पाण्डे तुलसीपुर उपमहानगरपालिका दाङ, धवल शम्शेर जवरा नेपालगञ्ज उपमहानगरपालिका नेपालगञ्ज, धिरज शर्मा बस्याल बर्दघाट नगरपालिका सुस्ता (पश्चिम नवलपरासी), कुमारी बराल सिस्ने गाउँपालिका रुकुम, बालाराम बुढा रुम्टीगडी गाउँपालिका रोल्पा, नुन बहादुर थापा पूर्वखोला गाउँपालिका पाल्पा, कमलप्रसाद भुसाल सन्धिखर्क नगरपालिका अर्घाखाँची, अब्दुम कलाम खान महाराजगंज नगरपालिका कपिलवस्तु, अर्जुन श्रेष्ठ प्यूठान नगरपालिका प्यूठान, शिवप्रसाद थारु राजापुर नगरपालिका बर्दिया, मधुकृष्ण पन्त छत्रकोट गाउँपालिका गुल्मी, मनमोहन चौधरी लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देही, नेत्र अधिकारी शिवराज नगरपालिका कपिलवस्तु मनोनित भएका छन् ।

यसैगरी संस्थागत सदस्यहरुमा मञ्जु खड्का समाजसेवी रोल्पा लुङ्ग्री, गणेश प्रसाद अधिकारी रुपन्देही उद्योग संघ रुपन्देही, नन्दलाल वैश्व नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँके, वलिभद्र राना निर्माण व्यवसायी संघ दाङ, दुलारी हरिजन शिक्षाविद् नवलपरासी, सिर्जना तरामु समाजसेवी गुल्मी, खेम बहादुर हमाल रुपन्देही उद्योग वाणिज्य संघ रुपन्देही, सुमित्रा शर्मा गैर सरकारी संस्था महासंघ नेपाल रुपन्देही, बाबुराम भट्टराई औषधी व्यवसायी महासंघ बुटवल रुपन्देही, पदम प्रसाद श्रेष्ठ रुपन्देही व्यापार संघ बुटवल रुपन्देही, तेज प्रसाद कँडेल कानूनविद् रुपन्देही, कैलाश ठाकुर शिक्षाविद् रुपन्देही, जगप्रसाद शर्मा राजनीतिक क्षेत्र दाङ, डा. गोविन्द नेपाल अर्थविद् पाल्पा, सुशिला श्रेष्ठ विज्ञान शिक्षा पाल्पा, खगराज शर्मा सहकारी विज्ञ रुपन्देही, रमेश अधिकारी प्रशासनविद दाङ, डा. जनार्दन आचार्य समाजशास्त्री बाँके, एजाज आलाम उद्योग व्यवसायी रुपन्देही, मथुरा खनाल वनविज्ञ कपिलवस्तु, मेघ बहादुर श्रेष्ठ समाजसेवी रुकुम पूर्वी भाग, भुमे गा.पा., कमान सिंह थापा मगर कृषिविज्ञ पाल्पा, मेनका पोखरेल भाषाविद् दाङ, शोभा ज्ञवाली समाजसेवी बर्दिया, कल्पना खड्का शिक्षाविद् प्यूठान क्याम्पस प्यूठान मनोनित भएका छन् ।

WHO hand washing technique

Check Also

मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

कपिलवस्तु। संघिय सरकारले अस्ती बजेट बाडफाड गर्दा बर्दिया र कपिलवस्तु जिल्लालाई छुटाएपछि कपिलवस्तुवासीले सरकारले विभेद …

Tweet
Share
Pin
Share