Breaking News
Home / राजनीति / काँग्रेसले दियो सम्मान

काँग्रेसले दियो सम्मान

भैरहवा । नेपाली काँग्रेस नगर वडा समिती ५ सिद्धार्थनगर रुपन्देहीले नगरका विभिन्न ३६ जना महानुभावहरुलाई सम्मान गरेको छ ।

नगरको विकासमा वडामा वसोवास गरी सामाजिक, राजनैतिक, आर्थिक, शिक्षा, उद्योग व्यापारलगायतका क्षेत्रमा आआफनो तर्फबाट पुराएको योगदानको उच्च मुल्याङकन गर्दै वडा समितीले सम्मान गरेको कार्यक्रम संचालक पुरन श्रेष्ठले जानकारीदिनुभयो । उक्त अवसरमा वडा समितीले वडा भेला गर्नुका साथै नव वर्ष २०७६को शुभकामना आदन–प्रदान समेत गरेको छ ।

यसैविच उक्त कार्यक्रममा नेपाली काँग्रेसको मुल मन्त्र समाजवाद, राष्ट्रियता र लोकतन्त्रको आदर्शप्रति प्रभावित भई वडाका प्रेम नारायण गुप्ता, प्रदीप वेरिवाल, शम्भुनाथ केसर, राखी केसरवानी, मनोज कानुवनिया, अमृत कानुवनिया, जगेश्वर गुप्ता, सुनिल हलुवाई, नारायणप्रसाद हलुवाई, अमित बेरिवाललगायत तीनदर्जन महानुभावहरु नेपाली काग्रेस पार्टी प्रवेश गरेका छन् ।

उनीहरु सवैजनालाई नेपाली काग्रेस क्षेत्र नंं २का क्षेत्रिय सभापति मातृका यादव र महासमिती सदस्य देवी प्रसाद चौधरीले नगरका समानित व्यक्तित्वहरुलाई अविर र खादा ओढाएर सम्मान गर्नुभएको छ ।

बुथ सभापति जगदिश गुप्ताको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा वडा सचिव एवं सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधी ईन्जीनियर सुवोध तुलाचनले आर्थिक वर्ष २०७५।७६मा तेस्रो नगरसभाबाट अनुमोदित १७ लाख ५० हजारको विकास निर्माणका विभिन्न योजनाहरु र पार्टीले गरेका गतिविधीहरुका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट विरेन्द्र कुमार श्रीवास्तव, बुथ सभापतिहरुको तर्फबाट वडा नं. ७ का वुथ सभापति वसन्तलाल कर्ण, तरुण दल रुपन्देही जिल्ला सभापति सोम बहादुर गुरुङ, नेविसंघका केन्द्रिय सदस्य लेखनाथ भट्टराई, महिला नेतृ माधवी शर्मा, नगरसभापति दीलिप धिताल, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, तेक्वान्डोका राष्ट्रिय खेलाडी कोशीश खडकालगायतले आआफनो धारणा राखेका थिए ।

यसैगरी बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बुटवलमा क्षेत्र नम्वर २ ले शनिवार क्षेत्रीय सम्मेलन गरेको छ ।
सम्मेलनमा काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलगायतका नेताहरु उपस्थित रहेको क्षेत्रीय सभापति हरी लम्सालले जानकारीदिनुभयो ।

सम्मेलमा सभापतिको राजनीतिक प्रतिवेदन, सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गनुैका साथै काँग्रेसको भावी कार्यक्रम एवं रणनीतिकाबारेमा व्यापक छलफल चलेको छ ।

काँग्रेस रुपन्देहीले जिल्लाका सवै गाउ नगर वुथ क्षेत्रका भेला एवं सम्मेलनहरु सम्पन्न गरी यहि बैशाख १८ र १९ गते जिल्ला सम्मेलनको आह्वान गरेको छ । उक्त सभामा पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ट नेता रामचन्द्र पौडेललगायत पहिलो र दोस्रो पुस्ताका नेताहरुको उपस्थिती रहने पार्टीका जिल्ला सचिव रामकृष्ण खाणले जानकारीदिनुभयो ।

सम्मेलनमा जिल्लाका ५ वटैं निर्वाचना क्षेत्र १६ स्थानिय तहका क्रियाशिल सदस्य, सवै क्षेत्रीय समितिका पदाधिकारी सदस्य, क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने नेता, महासमिति सदस्य, महासमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक संघ संगठनका अध्यक्ष लगायतको सहभागिता रहने पार्टीका जिल्ला अध्यक्ष अव्दुल रजाकले जानकारीदिनुभयो ।

यसैविचमा नेपाली कांग्रेसले लोकतन्त्रको दिवसको अवसरमा बैशाख ११ गतेदेखि सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रमका लागि ७७ वटै जिल्लामा नेता खटाउने काम गरेको छ । पार्टी केन्द्रिय कार्यालयले जिल्लामा खटाका नेताहरुलाई सैद्धान्तिक र व्यवहारिक दायित्वबोध गराउदै सम्पादन गर्नुपर्ने जिम्मेवारी पत्र दिएर जिल्ला–जिल्लामा पठाउने काम थालेको छ ।

Yatra Gear

Check Also

Prachanda Nominating on Gorkha 2

प्रचण्डलाइ निर्वाचन आयोगले कारवाही गर्नसक्ने

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

Tweet
Share
Pin
Share