Breaking News
Home / राजनीति / परराष्ट्रमन्त्री ज्ञवाली चीनबाट फर्कीए लगतै बुटवलमा !

परराष्ट्रमन्त्री ज्ञवाली चीनबाट फर्कीए लगतै बुटवलमा !

 

बुटवल। चीनको भ्रमणबाट स्वदेश फर्कीए लगतै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले प्रदेस ५ मा कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेलामा सहभागी हुन शनिवार बुटवल आउदै छन्।

 

प्रदेस ५का मुख्यमन्त्री शंकर पोख्रेललगायतका यसक्षेत्र केहि कम्युनिष्टहरु १० दिने चीन भ्रमणमा छन्। असार १७ गते गएका उनीहरु २५ गतेमात्रै फर्कने कार्यक्रम छ। परराष्ट्रमन्त्री भने सरकारको छुटै कार्यक्रम लिएर अन्तराष्ट्रिय सम्मेलनमा सहभागी भई चार दिनेभित्रै फर्केका छन्। 

 

ज्ञवालीले सामाजिक संजालमा शुक्रवार साझ बुटवलमा आउने कुरा पोष्ट गरेका छन्। उनले आफनो फेसबुक पेजमा लेखेका छन्।

 

‘भोलि २१ गते बुटवलमा गुल्मी जिल्लावासी साथीहरूसँग भेटघाट कार्यक्रम राखिएको छ। समय मिल्छ भने दिउँसो २ बजे मिलनचोक स्थित डोल्से पार्टी प्यालेसमा आउनु होस् न है१ भलाकुसारी गरौंला।’

 

नेकपा सचिव समेत रहेका ज्ञवालीले प्रदेश कार्यालय सुख्खानगरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउदैं गरेको नेकपा बुटवल नगरकमिटी अध्यक्ष बाबुराम पन्थिले जानकारीदिनुभयो।

 

कार्यक्रम पुर्व १०ः०० वजे पत्रकारसम्मेलन गरिने र त्यसपछि अगुवा कार्यकर्ताको भेलालाई संबोधन गर्नुहुने अध्यक्ष पन्थीले बताए।

 

अर्कोतर्फ मुख्यमन्त्री पोख्रेलले संघीय सरकार एवं परराष्ट्र मन्त्रालयलाई जानकारी एवं अनुमती विना आफूखुशी चीन भ्रमण गएको आरोप छ।

 

मुख्यमन्त्रीसंग भ्रमण टोलीमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुर बाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य संलग्न छन् ।

 

युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई संलग्न छन् ।

 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्तीलगायत संलग्न छन् ।

Yatra Gear

Check Also

Prachanda Nominating on Gorkha 2

प्रचण्डलाइ निर्वाचन आयोगले कारवाही गर्नसक्ने

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

Tweet
Share
Pin
Share