Breaking News
Home / जीवनशैली/स्वास्थ / सुरई खोलामा ढुवेर तीन किशोरको मुत्यु

सुरई खोलामा ढुवेर तीन किशोरको मुत्यु

इमरान खान
कपिलवस्तु। कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्र शिवराज नगरपालिका २ हल्ला नगरस्थित सुरई खोलामा मंगलवार पौडी खेल्ने क्रममा ३ जना किशोरको ज्यान गएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौका प्रहरी निरिक्षक मोतिलाल योञ्जन तामाङले मृत्यु हुने तिनैजना विजयनगर गाउँपालिका ६ का स्थानिय रहेको बताउनुभयो ।
गर्मी अत्यधिक वढेसंगैं खोलामा पौडि खेल्न पसेका युवा गहिरो दहमा फसी ज्यान गएको हो ।

ढुवेर मृत्यु हुनेमा स्थानिय १६ वर्षीय आशिष भट्टराई, १७ वर्षीय कानिरन्जन भुसाल र १८ वर्षीय सुमित सुनार रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

खोलामा पौडि खेल्न ४ जना पसेकामध्ये ३ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रहरीले खोलाबाट पानीमा डुबेका युवाहरुको मृत शवलाई बाहिर निकालेको थियो ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share