Breaking News
Home / Featured / पाल्पामा जीपमा सवार पाँच जनाको मृत्यु

पाल्पामा जीपमा सवार पाँच जनाको मृत्यु

भैरहवा । प्रदेश ५मा ट्राफिक सप्ताहा मनाईरहदा सोमवार दिउसो पाल्पाको पुर्वी दुर्गम निस्दी गाऊपालिकामा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना भई पाँच जनाको ज्यान गएको छ ।
पाल्पाको निस्दी गाउँपालिका वडा नंं. ४ स्थित मित्यालदेखि ज्यामिरे हुवासतर्फ जाँदै गरेको उक्त जीप विदुरी भीरबाट खसेको प्रदेश ५ ट्राफिक कार्यालय बुटवलका एसपी गणेश चन्दले बताउनुभयो ।
उक्त जीपमा ५ जना सवार रहेको पाचैजनाको दुर्घटनामा परी ज्यान गएको छ । जसमा ज्यामिरे हुवासका दुई, चारघरेका दुई र चालक दुर्घटनामा परेका छन् । जीप चालक बुद्धीबल थापा, हुवासका लालबहादुर सारु, चारघरेका खडगबहादुर सोमी, देवीलाल खन्गाहा र सन्तबहादुर सारुको घटनास्थलमै मृत्यु भएको एसपी चन्दले जानकारीदिनुभयो । घटनास्थल सदरमुकाम तानसेनदेखि करिव ६० किलोमिटर पूर्वपट्टि विदुर भिरको बाटोदेखि ३ सय ५० मिटर तल पल्टीएको छ ।
कच्ची बाटोमा जीप भिरबाट खसेको र थप अनुसन्धान भईरहेको छ । प्रहरीले घटनाको थप कारण पता लगाउने र घटनास्थलबाट मृतकको शव सदरमुकाम तानसेन ल्याउने कार्यभईरहेको प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले जानकारीदिनुभयो ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share