Breaking News
Home / देश/समाज / हिमालीमा खुल्ला रक्तदान

हिमालीमा खुल्ला रक्तदान

भैंरहवा। स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको चाप बढेसंगै रगत अभाव पूर्ती गर्न भैरहवामा शनिवार खुल्ला रक्तदान कार्यक्रम गरिएको छ।

उक्त अवसरमा सहभागी दर्जनौ महिला पुरुषहरुको प्रेसर एवं हेमोग्लोविनको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो।

हिमाली सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगरले अर्घाखाँची सिमेन्ट प्रा.लि.को सहयोग र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको प्राविधिक सहयोगमा उक्त खुल्ला रक्तदान एवं निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको हो।

रक्तदान गर्नु भनेको कसैको ज्यान बचाउने मानवीय सेवा भएको संघिय प्रहरी ईकाई कार्यालय भैरहवाका प्रमुख वरिष्ट प्रहरी उपरीक्षक राजेशलाल कर्णले वताउनुभयो। उक्त अवसरमा नेपाल रेडक्रस सोसाईटी पडसरी उपशाखाका अध्यक्ष बाबुराम पौडेल, अर्घाखाँची सिमेन्टका महाप्रवन्धक उदय बहादुर कार्की, हिमाली साम्दायीकका अध्यक्ष सुरेन्द्रजंग थापालगायतको सक्रिय सहभागिता रहेको आयोजक संस्थाका सचिव एवं कार्यक्रम संचालक विष्णु प्रसाद मरासीनीले जानाकारीदिनुभयो।

नेपाल रेडक्रस सोसाईटी रुपन्देही रक्त संचार केन्द्र भैरहवाको प्राविधीक सहयोगमा संचालन गरिएको उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी ५३ जनाले रक्तदान गरेको आयोजक संस्थाका कार्यसमिती सदस्य एवं सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका कार्यालय उपसचिव खगेन्द्र शर्माले बताउनुभयो।

रक्तदान कार्यक्रममा सहभागी दर्जनौजनामध्ये सिद्धार्थनगर सिटी अस्पताल प्रा.लिका प्रवन्धक अर्जुन पौडेल, संस्थाका वरिष्ट उपाध्यक्ष धु्रव अधिकारी, सचिव विष्णुप्रसाद मरासीनी, युवा संजालका भैरहवा अगुवा शुशान्त थापा, प्रहरी हवलदार फौद बहादुर महत्रालगायत ५३ जनाको मात्रै रगत निकाल्न योग्य देखिएर निकालेको नेपाल रेडक्रस सोसाईटी रक्त संकलन केन्द्रका स्वास्थ्यकर्मीले जानकारीदिनुभयो।

यसअघि संस्थाले ६८ जनाबाट विरामीलाई ६८ पोईन्ट रगत उपलव्ध गराएको थियो।

संस्थाले उक्त संकलित रगत भैरहवामा संचालित सिटी अस्पताल, मेडिकल कलेज, भिम अस्पतालमा उपचारार्थ बिरामीहरुलाई उपलव्ध गराउदैं आएकोछ। हिमाली सामुदायिक सेवा केन्द्रले स्थापनाकालदेखि १८ वर्षमा २७ औं पटक रक्तदानको कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष सुरेन्द्रजंग थापाले बताउनुभयो। संस्थाले हरेक पटक रक्तदान गर्ने सवैजनालाई प्रमाणपत्र र फलफूल प्रदान गर्दै आएको छ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share