Breaking News
Home / देश/समाज / बुद्धभूमीमा खुल्ला रक्तदान

बुद्धभूमीमा खुल्ला रक्तदान

इमरान खान
कपिलवस्तु। सनशाईन सामाजिक विकास संस्थाले २१औँ वार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराकासाथ संस्थाले स्थापना दिवसको अवसरमा समाजमा विभिन्न क्षेत्रबाट विभिन्न योगदान पुराउनुभएका व्यक्तित्वहरुलाई सम्मान गर्दै विविध कार्यक्रम गरी मनाएको छ।

रक्तदान कार्यक्रमको बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ उपाध्याले औपचारिक रुपमा उदघाटन गर्नुभएको थियो। “एक थोपा रगतले कसैको ज्यान बच्न सक्छ, त्यसकारण नै “रक्तदान जीवन दान” हो तसर्थ सबै स्वास्थ्य व्यक्तिले रक्तदान गर्दा पुन्य प्राप्ती हुने उहाले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत मेघनाथ उपाध्याले सवम रक्तदान गरी अरुलाई पनि रक्तदान गर्न आग्रह गरेका थिए।

संस्थाका अध्यक्ष तुलसीराम यादवको अध्यक्षता, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ उपाध्याको प्रमुख अतिथ्यता, बुद्धभूमी नगरपालिका वार्ड नं. १० का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दको विशिष्ठ अतिथ्यतामा संचालन भएको थियो। कार्यक्रममा शसस्त्र प्रहरी बल कपिलवस्तुका प्रहरी निरिक्षक डबल बहादुर (अर्जुन) ए.डी, को समेत उपस्थिती रहेको थियो।

रक्तदान कार्यक्रममा बुद्धभुमि नगरपालिका कपिलवस्तुको सहयोग तथा सनशाईन सामाजिक विकास संस्थाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा शंसस्त्र प्रहरी बाल कपिलवस्तु, नेपाल प्रहरी, स्थानिय यूवाहरु र सनशाईन सामाजिक विकास संस्थाका सदस्य तथा कर्मचारीहरुले रक्तदान गरेका थिए।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवलका प्रविधिकहरुको सहयोगमा उक्त अवसरमा ३७ यूनिट रगत संकलन भएको संस्थाका सचिव रामसेवक यादवले जानकारी दिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share