Breaking News
Home / Featured / किसानले ध्यान दिनैपर्ने

किसानले ध्यान दिनैपर्ने

कृषि प्रधान एवं भूपरिवेस्ठीत देश हामी नेपालका किसानले कृषि उत्पादकत्व वृद्धिका लागि परम्परागत खेती प्रणालीका अतिरिक्त नयाँ प्रविधि र वैज्ञानिक सोचका साथ अगाडी बढ्नुपर्ने अवस्था आएको छ। खेती गर्दा किसानले विऊ, मल र पानी एवं किटनाशक औषधीमा मात्रै ध्यान दिनुहुदैन।

आफूले खेती गर्दै गरेको भूमीको माटो र हावा पानी सुहाउदो चक्रिय प्रणालीमा खेती गर्नतर्फ विशेष ध्यान पुराउन जरुरी छ। तब मात्र राम्रो उत्पादन पाउन सफल भईन्छ। पहाडी क्षेत्रमा भन्दा तराईमा विशेषगरी रासायनिक मलको प्रयोग ज्यादै बढी पाईन्छ। हरित मल, गोवर मल नगन्य छ। यसको प्रयोग एकादुईले मात्रै यदाकदा फाटपूट बिरलै छ।

यसले गर्दा रासायनिक मलमा परनिर्भर किसानलाई सचेत गराउनु र त्यसको प्रयोगमा कमी ल्याउन तराईमा धेरै नै चुनौति देखिएको छ। यसक्षेत्रका किसानको मानसपटलमा रासायनिक मल विना केहि पनि हुदैन, केहि पनि गर्नसकिदैन, केहि हुदैन भन्ने अवस्थामा छन्। र त्यो पनि आवश्यक मात्रामा भन्दा वर्षेनी बढी–बढी हाल्ने प्रवृति देखिएको छ। यसलाई निरुत्साहीत गर्दै जानुपर्दछ। 

सरकारले रासायनिक मलको प्रयोग दर घटाउन वेलावखतमा आपुर्ती कम गर्दै जाने र पशु चौपायको मलमुत्रको प्रयोगलाई प्राथमिता दिने नीति बनाएको छ। तर किसान रासायनिक मलप्रति नै झुम्बीने गरेका छन्।

यतिवेला तराईका किसानले धान खेतमा तीन पटकसम्म रासायनिक मल हाल्न तम्सीएको देखिन्छ। नाईट्रोजनयुक्त युरिया मल तीनपटक र डिएपी मल दुईपटक साथसाथै पोटास दुईपटक खेतमा हाल्ने गरेका छन्। धान रोप्न खेत हिलो बनाउदा नाईट्रोजन युरिया आधा भाग, डिएपी रासायनिक मल फसफोरस र पोटास पुरा तीनथरी मिसाएर सुरुमै छर्ने गर्दछन्।

साथै सोही समयमा कतिपय किसानले खेतमा झार मार्ने विषादी समेत खेतमा छर्कर्ने गर्दछन्। धान गोडमेल गर्न कठिन ठानेर किसानले बेलैमा झार मार्ने र पलाउन बढ्न नदिन विषादी छर्कने गरेको पाईन्छ।

अहिले गोडमेल गरेर युरीया, जींक, हाल्दै गरेको देखिन्छ। किसानले त्यो पनि माटो परिक्षण नगरी आवश्यक भन्दा बढी आफनै तोर तरिकाले हाल्ने गरेका छन्। नजिकमा स्थानिय कृषि प्राविधीक एवं कृषि ज्ञान केन्द्रमा खासै सम्पर्क नगरी उनीहरुको सल्लाह सुझाव एवं निर्देशन बेगर किसानले आफूखुशी मल एवं किटनाशक औषधी खेतमा छर्ने हाल्ने प्रवृति ज्यादा छ। 

अर्कोतर्फ पसाउन थालेको धानमा नाईट्रोजनयुक्त युरिया मल हाल्न आवश्यक नपर्ने र हाल्दैमा पनि उत्पादनमा फरक नपर्ने कृषि प्राविधिकले बताउदै गर्दापनि किसान हाल्न तत्पर देखिन्छ। यो अनावश्यक हो, उपलव्धीहिन खर्च हो। बढता मलले माटोलाई दीर्घकालिन रुपमा विगार्नसक्छ भन्नेतर्फ बेलैमा सोच्नु जरुरी छ।

मल पाईन भनेर नआतिनुहोस, मल मात्रै धेरै हालेर धान धेरै फल्ने होईन। माटो सुहाउदो मल पानी मिल्नुपर्छ, अनि विऊ र खेतको अवस्था ख्याल गरेर समयमै रोपी रोग किराबाट बचाउनसके धान राम्रो फल्छ।

किसानले यसपाली पनि समयमा डिएपी एवं युरीया मल नपाएको र वर्षेनी मलको हाहाकार हुदै आएको गुनासो गर्दै आएका छन्। यो चिन्ताको विषय हो।

अर्कोतर्फ सरकारले पनि किसानलाई मल दिन सकेन, स्थानिय प्रदेस र केन्द्रिय सरकारले एकै स्वरमा खेत बाँझो राख्ने किसानलाई कार्वाही गर्छु भन्छन, तर समयमै मल, विऊ, सिचाईका साथै उत्पादीत वस्तुको सहि मुल्य र बजारीकरणमा ध्यान दिएर सहि प्रवन्ध नगर्दा किसान चारैतिरबाट अन्यायमा परेका छन्। 

WHO hand washing technique

Check Also

देस अस्थिरतातर्फ जान लागेकाले संसद विघटन गरे : प्रधानमन्त्री ओली

निर्मला पन्त, भागरथी भट्ट लगायतको हत्यामा संलग्नलाई कारवाही गरेरै छाड्ने

Tweet
Share
Pin
Share