Breaking News
Home / Featured / हजुरबाले नातीको काजक्रिया…

हजुरबाले नातीको काजक्रिया…

कृष्णनगर बजारमा कर्फूयु कायमै
इमरान खान
कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरमा बिहिवार गोली लागेर ज्यान गुमाएका भारतीय नागरिक सुरजकुमार पाण्डेयको पोष्टमार्टम गरी हिन्दु धार्मीक विधी अनुसार कपिलवस्तुको सुरईखोलामा अन्तिम दाहसंस्कार तयारी भएको छ।

मृतक पाण्डेयको शवलाई उनका वृद्ध हजुरबा ओमप्रकाश पाण्डेयले आगो दिएर सतगत गर्न तयार गरेका छन्। मृतकका बाबु दुईवर्षअघि मृत्यु भईसकेकोले हजुरबाले शवको सनाखत गर्नुका साथै पोष्टमार्टम गरी लास बुझेर दासंस्कारको कार्यमा सहभागी बनेका छन्।

हजुरबा ओमप्रकाशले नाती सुरजको काजक्रिया खर्चका लागि कपिलवस्तु प्रशासनबाट २५ हजार रुपैयाको चेक बुझेर बैंकबाट सटही समेत गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारीदिनुभयो। बुधवार साझ लक्ष्मी पुजाको मुर्तीलाई सेलाउन निस्केको रयालीलाई अवरोध गरेको भन्दै दुईपक्षविच विवादले उग्ररुप लिएपछि विहिवार विहान कपिलवस्तु प्रशासनद्धारा जारी कफूर्य आदेश कडा पार्नेक्रममा गोली लागेर सुरजको ज्यान गएको थियो।

विवाद चर्कदा शान्ति सुरक्षा खलवलिने स्थिती बढेको र हिन्दु–मुस्लीमविचको साम्प्रदायीक दंगा भड्कीने अवस्था देखिएकाले विहिवारबाटै अनिश्चितकालिन कर्फूयु आदेश जारी गर्न बाध्य हुनुपरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो।

शान्ति सुरक्षा कायम राख्नका लागि पिडित स्थानिय एवं सरोकारवालाविच १० बुदे समझदारी पत्रमा सहमती बनेको छ। आपसी समझदारीमा लक्ष्मी पूजाका मुर्तीहरु कर्फूको समयमै राती नै सेलाउने कार्य सम्पन्न भईसकेको छ।

मृतकलाई क्षतिपुर्तीदिने, घटनाका मुख्य दोषीलाई कार्वाही गर्ने, हरेक धर्मसंस्कृतिका रीतीरीवाजलाई एकले अर्कालाई सम्मान गर्ने र सहयोग एवं सहजीकरणको वातावरण मिलाउने समझादारी गरेका छन्।

यसैगरी कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यु खुकुलो पार्दै जाने र पिडितपक्षले मागेको क्षतिपुर्तीलगायतका मागलाई सम्वन्धीत निकायमा पहल गर्ने सहमती गरेको छ।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले घटनाको सुक्ष्मढंगले अनुसन्धान एवं छानविन गरी गल्ती गर्ने दोषी प्रहरी एवं जोकोहीलाई पनि नछोडीकन कानुनी कार्वाही गरिने बताउनुभयो।

कपिलवस्तु प्रशासनले नेपाल–भारत सिमाना दसगजा कपिलवस्तुको कृष्णनगर भंसारदेखि उतरतर्फ ७०० मिटर, पश्चिमतर्फ ७०० मिटर, पूर्वतर्फ ३०० मिटर क्षेत्रभित्र कर्फ्यु लगाएको छ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share