Breaking News
Home / Featured / लुम्विनीमा एतिहासीक रुमिन्देही मेला शुरु

लुम्विनीमा एतिहासीक रुमिन्देही मेला शुरु

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा एतिहासीक रुपमा संचालन हुदैं आएको रुमिन्देही माई चैत्रपुर्णिमा मेला यसपाली पनि भव्य र सभ्यढंगले संचालन भएको छ ।

लुम्विनी सांस्कृतिक नगरपालिकाको व्यवस्थापनमा नववर्ष २०७६को स्वागतसंगै एतिहासीक रुमिन्देही मेला शुक्रवार शुरु भई आईतवारसम्म तीनदिनसम्म जारी रहनेछ ।
लुम्विनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले शुक्रवार मेलाको औपचारिक रुपमा उदघाटन गर्नूभएको छ ।

मेलामा उपप्रमुख जानकीदेवि श्रीवास्तव र प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको विशेष निर्देशन रहेको थियो ।

लुम्बिनी मेलामा सहभागी दर्सक एवं भक्तजनहरुलाई लुम्विनी सांस्कतिक नगरपालिकाले निःशुल्क पानी वितरण गर्नुका साथै स्वास्थ्य सेवा उपलव्ध गराएको वडा न. ३ का अध्यक्ष एवम् मेला व्यवस्थापन समिती संयोजक अक्रमुद्दिन मुसलमानले बताए ।
उक्त वैशाख पुर्णीमा मेलामा वडा अध्यक्ष धर्मप्रकाश कुर्मी, रमेश कुमार निषाद, विनोद श्रीवास्तव, खुर्सेद आलम खा, नैइमुल्ला मुसलमान, ध्रुप यादव, सर्फुद्दिन मुसलमान, मो सयफ, रामजन अलि, अक्रामुद्दिन मुसलमान, रामदेव शाहनी, मन्जुर अलि लगायत कार्यपालिका सदस्यहरु, नगरपालिका कर्मचारी एवम् भक्तजनको उत्साहजनक उपस्थिति रहेको नगरपालिकाका प्रवक्ता ध्रुव यादवले जानकारीदिए । मेलाको संचालन मेलमिलाप केन्द्रका सयोजक अशोक गोश्वामीले गरेका थिए ।

मेला भव्य सभ्य रुपमा शान्त र सौहार्द वातावरणमा सम्पन्न गर्ने कार्यमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने सवै पक्षलाई नगरपालिकाले उच्च सम्मान गर्ने नगरप्रमुख मनमोहन चौधरीले बताउनुभयो ।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share