Breaking News
Home / देश/समाज / मधेशी पत्रकारको अध्यक्षमा राधेश्याम चयन

मधेशी पत्रकारको अध्यक्षमा राधेश्याम चयन

भैरहवा। मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीको अध्यक्षमा राधेश्याम विश्वकर्मा चयन भएका छन्। आइतबार रुपन्देहीको कोटहीमाई गाउपालिका–५ स्थित मझंगावामा सम्पन्न बैठकले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो। विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नया जिल्ला कार्यसमिति गठन गरिएकोछ।

जसको उपाध्यक्षमा शरणमति तिवारी, सचिवमा हृदयराम गुप्ता, कोषाध्यक्षमा रबिन्द्र प्रताप गुप्ता र सह–सचिवमा जैस मोहम्मद खान रहेका छन्। सदस्यहरुमा विवेक विश्वकर्मा, दिपक जयसवाल, अञ्जना चौहान, राजकुमार यादव, सीताराम चौधरी र शिव कुमार चौधरी (सचिन) रहेका छन्। 

सल्लाहकारमा राम विकास चौधरी, पशुपति यादव, विरेन्द्र मिश्रा, विन्दु कुमार चौहान, अनिल कुमार तिवारी र प्रलाहद यादव चयन भएका छन्।

मधेशी पत्रकार समाज नेपाल प्रदेश ५ का संयोजक रामविकास चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले आगामी पुस ९ गते नवगठित जिल्ला समितिको पदस्थापन तथा सरोकारवालासंग परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share