Breaking News
Home / देश/समाज / छोरी मारेका बाबु २२ वर्षपछि पक्राउ ! (प्रहरीको अनसुन्धान प्रतिवेदन जस्ताको तस्तै)

छोरी मारेका बाबु २२ वर्षपछि पक्राउ ! (प्रहरीको अनसुन्धान प्रतिवेदन जस्ताको तस्तै)

भैरहवा। प्रहरीले २२ वर्षअघि छोरीको मारेको अभियोगमा रुपन्देही गैडहवा गाउँपालिका वडा नम्बर ६ का ६३ बर्षिय पूर्णवासी लोनियालाई पक्राउ गरी विहिवार सार्वजनिक गरेको छ। लोनियाले २०५४ साल साउन २३ गते आफ्नै १५ बर्षिय छोरी कान्ती हराएको प्रहरीलाई उजुरी दिएका थिए।

तरपछि उनी शरिरका विभिन्न अंगहरु टुक्रा–टुक्रा एवं कंगालका रुपमा भदौं १३ गते विक्षप्त अवस्थामा घरदेखि एककिलोमिटर पर खेतमा फेला परेकी थिईन। वालिकालाई बारम्बार कुटपीट गर्ने गरेको हुदा बाबुले नै मारेको गाउलेले आरोप लगाएपछि लोनिया ततकालै फरार भएका थिए। प्रहरीले उनीलाई बुधवार भैरहवास्थित जिल्ला मालपोत कार्यालयबाट नियन्त्रणमा लिएको हो। 

सो मुद्धा अदालतमा मुल्तवीमा राखीएकोमा अहिले उनीलाई पक्राउ गरि जिल्ला न्याधिवक्ता मार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारीदिए।

प्रहरी के भन्छ ?

(प्रहरीको अनसुन्धान प्रतिवेदन जस्ताको तस्तै)

मिति २०५४।०४।२३ गते जिल्ला रुपन्देही विष्णुपुरा गा.वि.स.वडा नं. ९ बस्ने पुर्णवासी लोनीयाको छोरी हराएको भनी निजले आफनो छोरी वर्ष १५ की कान्ती लोनीयालाई आफनो घरमा हत्या गरी घरदेखि अन्दाजी १ किलोमिटर टाढाको दुरीमा रहेको घाटमा

आफैले बोकी लगी खाल्टो खनी पुरेको सो वारदात पश्चात मिति २०५४।०५।१३ गते गाँउका महिलाहरु घाँस काट्न जाने क्रममा खेतमा मानिसको कपालको रौहरु, चुराहरू, कपडाका टुक्रा तथा हड्डीहरुको साथै खेतको मेडीमा खनेको माटो र माटोमा दुईवटा प्वालबाट मानिसको टाउको देखिने गरी रहेको भन्ने घटना बुझ्दा

उक्त उखुबारीमा रहेका कपडाको टुक्राहरु जिल्ला रुपन्देही विष्णुपुरा गा.वि.स.वडा नं. ९ बस्ने पुर्णवासी लोनीयाको छोरी अ. बर्ष १५ की कान्ती लोनियाले लगाउने गरेको भन्ने बुझिन आएको र पुर्णवासी लोनियालाई गाउँका मानिसले सोधपुछ गर्न बोलाउँदा भागी फरार रहेका

उक्त स्थानमा प्रहरीलाई खबरगरी प्रहरीटोली घटनास्थलमा पुगी लाशको टाउको छुट्टीएको आखाँ नभएको कंकाल निकाली गाउँलेहरुले कान्ती लोनियाकै लाश भनि सनाखत गरेको र निजको बुबा पुर्णवासी लोनीया पटक पटक छोरीलाई कुटपिट गर्ने समेत गरेको हुदाँ निजले नै कर्तब्य गरेर मारेको भनी जाहेरी दिई

कर्तब्य ज्यान मुद्धामा अनुसन्धान सम्पन्न भई मिसिल जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा पेश गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा मुद्धा दायर भई मुल्तबीमा रहेकोमा

निज प्रतिवादीलाई खोजतलास गर्दा साविक जिल्ला रुपन्देही विष्णुपुरा ९ हाल गैडहवा गाँउपालीका वडा नं. ६ गुलरीया बस्ने चिरकुट लोनीयाको छोरा वर्ष ६३ का पुर्णवासी लोनीयालाई २२ वर्ष पछि जिल्ला रुपन्देही सि.न.पा.वडा नं.५ मालपोत कार्यालय अगाडीबाट मिति २०७६।५।११ गते पक्राउ गरी मिति २०७६।०५।१२ गते जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरीएको।  प्रहरी प्रवक्ता/ सुचना अधिकारी, प्र.ना.उ. धर्मराज भण्डारी, सम्पर्क मोवाईल नं. ९८५७०२००११,

 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share