Breaking News
Home / देश/समाज / मन्त्री बराल मदरसामा

मन्त्री बराल मदरसामा

इमरान खान
मर्चबार। प्रदेश ५का सामाजिक विकास मन्त्री सुर्दशन बरालले रुपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउपालिका ७ भंगाहिया मदरसा मदिनतुल इस्लाम अल–सल्फीयाको चार कोठे भवनको उदघाटन गरेका छन्। भवनको उदघाटन समारोहमा मन्त्री बरालले मुस्लिम समुदायको हक अधिकारका लागि प्रदेश स्तरिय मदरसा बोर्ड गठन समेत गरेको बताएका छन्।

नेपालको संविधानले समेत मुस्लिम समुदायको हक र अधिकार सुनिस्चित गरेको बताउदैं उनले मुस्लिम समुदायलाई कुनै किसिमको विभेद नगरिएको जानकारीदिए। उक्त समारोहमा नेपाली काँग्रेसका युवा नेता त्यस क्षेत्रका निर्वाचित प्रदेशसभा सदस्य विधायक वसिउद्दिन खाँले मर्चवार क्षेत्रको विकासका राजनैतिक दलका नेता एवं सरोकारवाला निकाय, राज्यका तीनवटै सरकार गंभीर भएर योजना र बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

स्थानिय नागरिकले त्यस मर्चवार क्षेत्रमा एकजना प्रतिनिधी सभाका सांसद १ र दुईजना प्रदेश सभा सदस्य एवं मर्चवारी, समरीमाई र कोटईमाई गाऊपालिका सहित ३ वटा स्थानीय सरकारका प्रमुखहरुले मर्चवारको विकासका निम्ती भोट दिएर जीताई थप जिम्मेवारी दिएका छन्।

मदसा व्यवस्थापन समिति अध्यक्ष हाजी अब्दुल रज्जाकको अध्यक्षता, प्रदेश सभा सदस्य विधायक वसिउद्दिन खाँ, पुर्व राज्यमन्त्री ओम प्रकाश यादव (गुल्जारी), कोटहीमाई गाउपालिका अध्यक्ष चन्द्रभूषण यादव, मर्चवारी गाउपालिका अध्यक्ष केशव नन्द बनिया, नेकपा प्रदेश सदस्य बाबुलाल यादव, सम्मरीमाई नेकपा गाउपालिका कमिटी अध्यक्ष सहाबुद्दिन देवान, नेकपा क्षेत्रीय संयोजक गुलाम अलि, मुस्लिम खाँलगायतले मदरसा शिक्षा र मुस्लीम समुदायको हक अधिकार एवं मर्चबार क्षेत्रको विकासका सवालमा आआफनो धारणा राखेका थिए। 

 
स्थानिय मुस्लीम अगुवा तबरेज अहमदको सञ्चालन र मदरसा मदिनतुल इस्लाम अल सल्फिया भंगहियाका प्राध्यापक सलाहुद्दिन खाँको स्वागतमा कार्यक्रम भएको थियो। उक्त भवन ४० लाखको लागतमा निर्माण गरिएको थियो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share