Breaking News
Home / देश/समाज / प्रहरीलाई घुस दिने ६३ वर्षीय वृद्ध पक्राऊ

प्रहरीलाई घुस दिने ६३ वर्षीय वृद्ध पक्राऊ

भैरहवा । रुपन्देही प्रहरीले कार्यालयमा घुस दिन आउने एकजना वृद्धलाई बुधवार दिउसो नियन्त्रणमा लिई अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय बुटवलको जिम्मा लगाएको छ ।
प्रहरीले चेकिङको क्रममा जेठ ३१ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डीबाट तत्काल साथमा कागजात नभएका आरोपमा यूपी ५३ एच २५४५ र यूपी ५१ एच ४१६९ नम्वरको २ वटा भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।

उक्त गाडी छुटाउनका लागि बुधवार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कक्षमा घुस रकम १० हजार दिन खोज्दा प्रहरीले मर्चवारी गा.पा.वडा नं १ निवासी ६३ वर्षीय रामराज यादवलाई नियन्त्रणमा लिएको हो ।
यादव मंगलवार पनि सवारी धनी तथा कागजात नलिई गाडी छुटाउन आएको र बुधवार पैसा लिएर आएकाले उनलाई नियन्त्रणमा लिई घुस र रिसवत सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलमा पठाईएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारीदिए ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share