Breaking News
Home / खेलकुद / सिद्धार्थ रंगशालामा मेयर कप…

सिद्धार्थ रंगशालामा मेयर कप…

भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा बुधवारदेखि दोस्रो मेयर कप टि–२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ ।

स्थानीयस्तरमा नयाँ खेलाडी उत्पादन गराउने र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिकाको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा खेल आयोजना गरिएको नगरपालिकाका प्रेस संयोजक प्रकाश न्यौपानेले जानाकारीदिए ।
खेल प्रतियोगिता वैशाख १८गते बुधबारदेखि २५ गतेसम्म जारी रहनेछ । प्रतियोगितामा नगरभित्रका ८ क्लबहरु सहभागी हुने आयोजक समिति संयोजक एवं वडा नम्बर १३ का अध्यक्ष सतिषप्रसाद मर्सानीले बताए । मेयर कपमा तिरुपति, शिवशक्ति, मास्टर्स–११, लर्ड बुद्ध, लुम्बिनी खुकुरी, साई ग्लोबल, बुम एमसीसी र बुद्ध क्रिकेट क्लबले सहभागि हुनेछन् ।
सिद्धार्थ नगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले भैरहवा क्रिकेटको उर्वर भूमि भएको र यसक्षेत्रका युव.वासहयोग पुगोस् र खेलमातर्फ पर्यटन प्रबद्र्धन होस् भनेर मेयर कप आयोजना गर्न लागेको बताए ।  

यसवर्ष भैरहवाको सिद्धार्थ रंगशालामा आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट, जिल्लास्तरीय सुपरलिग, प्रदेश पाँच स्तरीय क्रिकेट छनौट सम्पन्न पछि अहिले मेयर कप प्रतियोगिता विहान र वेलुका संचालन हुदैछ ।
‘गर्मी वढेका कारण बिहान–बेलुकाको समयमा खेल संचालन गर्ने तयारी भएको कार्यक्रम संयोजक धर्मराज गिरीले बताए ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले नगरपालिकाले क्रिकेटप्रति माया देखाएकोर मेयर कपलाई निरन्तरता दिएकोमा खुशी लागेको बताए ।

Yatra Gear

Check Also

राखेपका लागि छनोट खेल सुरु

छनोट खेलले प्रदेसभित्रै अन्तरजिल्लाबीच प्रतिस्पर्धा हुने र अर्कोतर्फ राष्ट्रिय खेलका लागि उत्कृष्ट खेलाडी छनोट गर्नमा मद्धत पुग्ने विश्वास

Tweet
Share
Pin
Share