Breaking News
Home / Featured / मेलामा भारत जम्मुका पहलमानले सवैलाई पछारे

मेलामा भारत जम्मुका पहलमानले सवैलाई पछारे

भैरहवा। भैरहवामा जारी लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा संचालन गरिएको कुस्ती प्रतियोगितामा भारत जम्मुका राकेश पहलमान (लंगडो) सर्वोउत्कृष्ट ठहर भएका छन्। राकेशले नेपाल रुपन्देही सिलौटियाका धर्मेन्द्रलाई पछारेर सफलता हासिल गरेको महोत्सव मुल आयोजक समितीका खेलकुद संयोजक दपर्ण श्रेष्ठले जानकारीदिनुभयो।

कुस्ती प्रतियोगितामा भारतका १४ जना र नेपालका २३ जना खेलाडी सहभागि भएका थिए। जसमध्ये ३ जना भारतीय महिला पहलमान खेलाडीहरुले नेपालको माटोमा बहादुरी देखाएका थिए।

भारत गोरखपुरबाट नेपालमा कुस्ती खेल्न आएकी पिंकीले पनि कानपुरकी महिला पहलमान मनुलाई जितेकी छन्।

भारत गोरखपुर, लखनऊ, दिल्ली, हरियाणा, पञ्जावबाट समेत पहलमानहरु नेपाल भैरहवामा आएर लुम्विनी महोत्सवको कुस्ती खेलमा सहभागी भएका थिए । उक्त कुस्ती खेलमा भारत गोरखपुरका गोविन्द र गुडु पहलमानले पनि जितेका छन्।

नेपाल प्रहरीका जोगेन्द्र, कोटहीमाई गाऊपालिका ३ का रामआशिष पहलमान, सिलौटियाका स्याम, महाविर, पिपरीका ईन्द्रकेशले पनि आफनो जोडी पहलमानलाई हराउन सफल भएका छन्।

जसमा पहिलो दिनको कुस्ती लडाईमा मानपकडी रुपन्देहीका खेलाडि लक्की थापा र मझौलीका अखलेश यादव बीच भएको प्रतियोगितामा लक्की थापा विजयी भएका थिए। दोस्रो खेलमा भारतका राजेश पहलमान र नेपालका रणजीत थापा बीच भएको प्रतियोगितामा नेपालका थापा विजयी भएका थिए।
यसैगरी भारतका चाँद पहलमान र राकेश पहलमान बीच भएको प्रतियोगितामा राकेश विजयी भए। अर्को खेलमा नेपालका जोगेन्द्र यादवले भारतका अशोक पहलमानलाई पराजित गरे। भारतका गुड्डु पहलमान र पप्पु पहलमान बीच भएको खेलमा गुड्डु विजयी भएभने भारतका गोविन्द र मानसिंह बीच भएको प्रतियोगिता भने निर्धारित समयमा बराबरीमा रोकिएको खेलकुद संयोजक दर्पण श्रेष्ठले बताउनुभयो।

भारतका सम्नी र सोनु पहलमान बीच भएको खेल बराबरीमै रोकिएको थियो। भारतका सबली र सेरु पहलमान बीचको खेलमा सवलीले जित हात पारेको खेलका सहयोगी राजेन्द्रले जानकारीदिए।

यसैविच प्रदेस सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालले मंगलवार महोत्सवको अवलोकन गर्नुका साथै महोत्सवस्थलमा व्याटमेन्टीन प्रतियोगिताको उदघाटन र कुस्ती खेलको समापन्न गर्नुभएको महोत्सव प्रचारप्रसार समितीका संयोजक कृष्णबहादुर गुरुङले जानकारीदिनुभयो।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा खेलका साथसाथै विभिन्न सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको विजोड प्रस्तुती रहेको छ।

महोत्सवमा दर्शकलाई आकार्षीत गर्नका लागि विभिन्न किसिमका मनोरञ्जनका कार्यक्रमहरु जारी रहेका छन्। प्रत्येक दिन लोक दोहोरी, आधुनिक गित, सांस्कृतिक, नृत्य, झाँकी, डिजे कार्यक्रमहरु संचालन भईरहेका छन्।

उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा २५ करोडको आर्थिक कारोवार तथा ३ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य रहेको महोत्सव मुल समारोह समितीका संयोजक तथा व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले वताउनुभयो। मंसिर ३ गतेदेखि जारी रहेको महोत्सव १६ गतेसम्म जारी रहनेछ।

WHO hand washing technique

Check Also

अख्तियारको टोली स्टिङ अपेरेसनमा : मुद्धा मिलाईदिने घुसीयाहरु पक्राऊ

अख्तियारको टोली स्टिङ अपेरेसनमा : मुद्धा मिलाईदिने घुसीयाहरु पक्राऊ, सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष नियन्त्रणमा, राजस्व अनुसन्धान अधिकृत २ लाख, खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख ८ लाख घुस, लेखा अधिकृत समेत १५ जना उपर भ्रष्टाचारको आरोपपत्र दायर...

Tweet
Share
Pin
Share