Breaking News
Home / खेलकुद / रुपन्देही र बाँके विजयी

रुपन्देही र बाँके विजयी

भैरहवा । प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका छन् ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा मंगलबार रुपन्देहीले रोल्पालाई १४३ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

यस्तै, बाँकेले अर्घाखाँचीलाई ८२ रनले पराजित गरेको आयोजकले जनाएको छ ।

पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देहीले निर्धारित खेलमा ५ विकेटको क्षतिमा १८६ रनको उच्च स्कोर बनायो ।

जसमा निश्चल चौधरीले नटआउट ४७, संदीप सुनारले ४४, मिर्नाल गुरुङले २६, कृष्ण कार्कीले नटआउट २१ रनको योगदान गरे ।

बलिङमा रोल्पाका सलिम सेनले ३, सुरज रोक्का र दीपक विष्टले १÷१ विकेट लिए ।

प्रतिउत्तरमा उच्च लक्ष्य पछ्याएको रोल्पाले ८ विकेटको क्षतिमा जम्मा ४३ रन मात्रै बनाउन सक्यो ।

जसमा सरोज बस्नेतले १२ र मनिष विष्टले नटआउट ११ रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङमा रुपन्देहीका कृष्ण कार्की, संदीप सुनार र शौरभ खनालले २÷२ विकेट लिए ।

यस्तै, अजय लोनिया र विक्रम भुसालले १÷१ विकेट लिए ।

संदीप खेलमा म्यान अफ दी म्याच घोषित भए ।
दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको बाँकेले ५ विकेट क्षतिमा १४३ रन बनायो ।

उसका लागि अनुपम सिंहले ३०, सुनिल भण्डारीले २९ र सिद्धान्तराज शाहीले २२ रन बनाए ।

बलिङमा अर्घाखाँचीका देवराज खनाल र जगतबहादुर क्षेत्रीले २÷२ विकेट लिए ।

प्रतिउत्तरमा अर्घाखाँचीले १६.५ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनायो ।

उसका लागि अरविन सारुमगरले १९ र देवराज खनालले १४ रनबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्न बलिङमा खेलका म्यान अफ दी म्याच समेत रहेका बाँकेका आकाश विष्टले ५ विकेट लिए ।

यस्तै, रोशनकुमार शाही, सिद्धान्तराज र दीपेन्द्र रावलले १÷१ विकेट लिए ।

बुधबार रुपन्देही र गुल्मी तथा कपिलवस्तु र दाङ जिल्लाबीच हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पाँच नम्बर प्रदेशबाट आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तरजिल्लाबीच खेल भइरहेको छ ।

यहाँबाट उत्कृष्ट १४ खेलाडी बनोट गरी प्रदेशको एउटा टिम बनाई चैतमा हुने आठौंमा सहभागी गराइनेछ ।

Yatra Gear

Check Also

राखेपका लागि छनोट खेल सुरु

छनोट खेलले प्रदेसभित्रै अन्तरजिल्लाबीच प्रतिस्पर्धा हुने र अर्कोतर्फ राष्ट्रिय खेलका लागि उत्कृष्ट खेलाडी छनोट गर्नमा मद्धत पुग्ने विश्वास

Tweet
Share
Pin
Share