Breaking News
Home / खेलकुद / राखेपका लागि छनोट खेल सुरु

राखेपका लागि छनोट खेल सुरु

भैरहवा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारी स्वरुप प्रदेश नंं ५मा क्रिकेट छनोट खेल सोमवारदेखि भैरहवामा संचालन हुन गईरहेको छ।

प्रदेस ५का १२ वटा जिल्लामध्ये छनोट खेलमा प्यूठान र रुकुम बाहेक रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया एवं रोल्पा जिल्लाका खेलाडी टिमहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यालय प्रमुख संगम थापाले जानकारीदिए ।

नकआउट चरणमा खेलाइने उक्त छनोट खेल फागुन २०देखि २५ गतेसम्म जारी रहने आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रदेसका उत्कृष्ट खेलाडीहरुमध्ये उत्कृष्टलाई छनोट गरी प्रदेश पाँचको एउटा संशक्त टिम बनाउने र नियमित रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिताका खेलहरुमा सक्रिय सहभागीता जनाउने रणनिती समेत बनाएको क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताउनुभयो ।

आठौं राष्ट्रपति रनिङशिल्ड एवं राष्ट्रिय खेल महोत्सव प्रतियोगिता चैतमा आयोजना हुन गईरहेको छ ।

यस छनोट खेलले प्रदेसभित्रै अन्तरजिल्लाबीच प्रतिस्पर्धा हुने र अर्कोतर्फ राष्ट्रिय खेलका लागि उत्कृष्ट खेलाडी छनोट गर्नमा मद्धत पुग्ने विश्वास गरिएको क्रिकेट संघका केन्द्रिय उपाध्यक्ष प्रेम सेन्चुरीले वताउनुभयो ।

सिद्धार्थ रंगशालामा नियमित रुपमा विभिन्न खेलहरु आयोजना गरि स्थानिय खेलाडी एवं रुपन्देही क्रिकेट संघले ग्राउण्ड र पिच राम्रो बनाएको छ ।

यसक्षेत्रबाट क्रिकेटमा शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन लगायतका खेलाडीहरुले नाम कमाएका छन् ।

यसैविच शक्ति गौचनले राष्ट्रिय टिमबाट केहि महिनादेखि सन्यास लिएका छन् ।

WHO hand washing technique

Check Also

T20 सिरिज पनि नेपालले जित्यो

बर्षाका कारणले १० ओभरमा छोट्याएको तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै नेपालले T20 सिरिज पनि …

Tweet
Share
Pin
Share