Breaking News
Home / खेलकुद / मेलबोर्न डर्बीमापनि सन्दिप लामिछानेले विकेट लिए

मेलबोर्न डर्बीमापनि सन्दिप लामिछानेले विकेट लिए

मेलबोर्न । क्षितिज अधिकारी 

अस्ट्रेलियन बिगबास लिगमा सनसनीपूर्ण प्रदर्शन गरेका नेपाली युवा स्पिनर सन्दिप लामिछानेको टिम मेलबोर्न स्टार्स आज मेलबोर्न रेनेगेड्स संग खेल्दै छ।

नेपाली सेन वार्न भनेर चिनिने सन्दिपले सेन वार्नकै देशमा जादुमयी स्पिन बलिङ्ग गर्दै बिगबास लिगमा राम्रो प्रदर्शन गरेका छन।

मेलबोर्न डर्बीमा सन्दिप लामिछानेको टिम मेलबोर्न स्टार्स तुलान्त्मक रुपमा कमजोर मानिन्छ, यसअघि मेलबोर्न रेनेगेड्स राम्रो प्रदर्शन गर्दै ३ खेल मा २ खेल आफ्नो पक्षमा पार्न सफल भएको छ।

पहिलो बलिङ्ग रोज्दै मेलबोर्न स्टार्सले मेलबोर्न रेनेगेड्सलाइ निर्धारित २० ओभरमा १३९ रनमा समेटेको छ।

पारिको सुरुवात राम्रो गरेपनि मध्य र पछिल्लो क्रमका ब्याट्सम्यान समलिना नसक्दा रेनेगेड्स सस्तैमा समेटिन पुगेको हो। मेलबोर्न स्टार्सका लागि ड्वायेन ब्राभो ले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए पछि रेनेगेड्स दबाबमा आएको थियो।

सन्दिपले आफ्नो पुरै ४ ओभर गर्दै ३१ रन दिएर १ विकेट हात परेका छन। सन्दीपले चारवटै खेलमा विपक्षी टोलीको कप्तानको विकेट लिने क्रमलाई पनि जारी राखेका छन।

जवाफी ब्याटिंङ्ग मा उत्रेको मेलबोर्न स्टार्स राम्रो सुरुवात गर्दै १७.५ ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाउदै सहज जित निकालेको छ। मार्कस स्टोइनसले ४९ बलमा ७८ रन बनाउदै मेलबोर्न स्टार्सलाइ सहज जित दिलाएका हुन।

Yatra Gear

Check Also

रुपन्देही र बाँके विजयी

भैरहवा । प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका …

Leave a Reply

Tweet
Share
Pin
Share