स्याङजा। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ एवं संविधानसभाका पूर्व सदस्य प्राध्यापक डा. गणेशमान गुरुङको विशेष सक्रियतामा स्याङजाको पञ्चमूलमा बाल उद्यान एवं ईन्टटरनेट सेवा उपलव्ध भएको छ।
सचिव एवं पूर्व सभासद गुरुङद्वयले आफैं अध्ययन गरेको आँधिखोला गाउपालिका पंचमुलस्थित श्री त्रि. सहिद नमूना मा.वि.मा सो सेवा पुराएका हुन। गुरुङद्वयले शनिवार एक समारोहका विच बाल उद्यानको उदघाटन गर्नुका साथै विद्यालयलाई ईन्टरनेट सेवाका सामाग्रीहरु समेत हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गंगाधर ढकालले जानकारीदिनुभयो।
विद्यालय प्रशासनले गाऊको विद्यालयमा पनि आधुनिक बैज्ञानिक साधनका माध्यमबाट विधार्थीहरुलाई शैक्षिक तथा प्राविधीक ज्ञान दिने अभियान जारी राखेको छ। गुणात्मक शिक्षा उपलव्ध गराउन र उपलव्ध नया आधुनिक प्रविधीले शिक्षक तथा विद्यार्थी दुवै पक्षलाई अध्ययन–अध्यापन गर्न गराउन र सहजरुपमा सिक्नमा महत्वपुर्ण भुमीका खेल्ने अपेक्षा गरिएको गाउपालिका अध्यक्ष सुधीर पौड्यालले बताउनुभयो।
उक्त समारोहमा गाउपालिकाका अध्यक्ष सुधिर पौड्याल, वडा अध्यक्ष लोकप्रसाद ढकाल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गंगाधर ढकाललगायत स्थानिय अगुवाहरुले विद्यालयको शैक्षिक विकास एवं भौतिक प्रगतीका निम्ती सवैले आआफनो क्षेत्रबाट सकारात्मक सहयोग पुराउने आश्वासन दिएका थिए।