Breaking News
Home / शिक्षा / लकडाउनमा विद्यार्थी भर्नाको योजना तयार

लकडाउनमा विद्यार्थी भर्नाको योजना तयार

कृष्णप्रसाद ढकाल

भैरहवा । लकडाउन लम्वीदै गएपछि प्रदेस ५ सरकारले प्रदेस स्तरीय CoViD-19 को शिक्षा तयारी तथा प्रतिकार्य योजनाको तयारी गरेको छ ।विद्यार्थीहरुलाई स्वअध्ययनका लागि आकर्षीत गर्दै शैक्षिक एप निर्माणको कार्य पनि थालिएको प्रदेस ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।

पाठ्यपुस्तक हातमा पुराएर अनलाईन, टेलिभिजन, रेडियोको कक्षा संचालन गर्दा प्रभावकारी हुने सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले बताए ।

मन्त्रालयले तयार पारेको शिक्षा योजनालाई मंगलवार प्रदेस सरकार मन्त्री परिषदको बैठकले पास गरेको मन्त्री बरालले वताए । प्रदेस ५का १२ वटा जिल्लाका १०९ वटा पालिकाभित्र संचालित सामुदायिक, संस्थागत र धार्मीक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत १३ लाख ६८ हजार ७ सय १४ जना विधार्थीहरु अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये प्राथमीक तह कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरु सवैभन्दा बढी छन् । ती कक्षामा ७ लाख २६ हजार १सय ८१ जना रहेका छन् । यसैगरी कक्षा ६ देखि ८मा तीन लाख ७८ हजार ३८८ जना रहेका छन् । कक्षा ९र १०मा २ लाख एक हजार ५१२ जना र कक्षा १११ एवं १२ मा ६२ हजार ७ सय ३३ विधार्थीहरु छन् ।

लाखौ विद्यार्थीहरुको शैक्षिक पढाई नियमीत हुन नपाएको चिन्ता लागेको हुदा कसरी शैक्षिक क्रियाकलापलाई अगाडी वढाउन सकिन्छ भन्नेमा विभिन्न उपायहरुको खोजी जारी भईरहेको सामाजिक विकास मन्त्रालयका सचिव गोपीकृष्ण खनालले वताए । यसैविच सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन पालना गर्दै शैक्षिक सत्र २०७६।७७ को विधार्थीहरुको परीक्षा नतिजा प्रकाशन गर्न र नया शैक्षिकसत्रको भर्ना अभियान सुरु गर्न निर्देशन दिएको छ ।

पाठ्यपुस्तक अत्यावश्यक खाध्य सामान र औषधीजन्य सामाग्री जस्तै

प्रदेस ५ सरकारले प्रदेसमा पाठ्यपुस्तकलाई अत्यावश्यक खाध्य सामान र औषधीजन्य सामाग्री जस्तै ठानेर विद्यालय तहको पाठ्यपुस्तक व्यवस्थापन गर्न मान्यता दिने निर्णय गरेकोे छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले लकडाउनमा पनि बालबालिकाको हातहातमा पाठ्यपुस्तक पुर्याउनका लागि मंगलबार ४ बुंदे प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा ‘पाठ्यपुस्तक बिक्री वितरणको लागि अन्य खाद्य वा औषधीजन्य सामग्री सरह सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाई ढुवानीको लागि गाडी पास उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई अनुरोध गर्ने ।’

यसैगरी बुदा नं. ३मा नतिजा प्रकाशन पश्चात विद्यालयहरुले विद्यार्थीहरुलाई यथासंभव कक्षागत पाठ्यपुस्तकहरुको व्यवस्था गर्ने भनेको छ । बुदा नंं. १ र २ मा विद्यालयले स्थानीय तहसँग समन्वय गरी विद्यालयले क्रमशः नतिजा प्रकाशन गर्ने र सामाजिक दूरी कायम राखी उपयुक्त बैकल्पिक माध्यमबाट भर्नाको व्यवस्था मिलाउन समन्वय गर्न भनिएकोछ ।

WHO hand washing technique

Check Also

मेडिकल कलेजका विद्यार्थीहरुद्वारा परीक्षा बहिस्कार

शुल्क फिर्ता नहुदासम्म नियमीततर्फ प्रथम वर्षको सवै फेक्लटीको परीक्षा वहिस्कार गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन्। अन्य तह सिनियरहरुको परीक्षालाई भन्ने बाधा नपुराउने वहिस्कार नगर्ने विद्यार्थीले बताएका छन्।

Tweet
Share
Pin
Share