Breaking News
Home / Featured / सिमानाकामा अवैध २४ लाख भारु बरामद

सिमानाकामा अवैध २४ लाख भारु बरामद

कपिलवस्तु। शसस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान सिमानाका कृष्णनगरमा अबैध २४ लाख भारु बरामद गरेको छ।

कृष्णनगर नगरपालिका वडा नम्बर १ लिंकगेटदेखि ४ सय मिटर पुर्वपटि पाल ड्युटीमा खटिएको सुरक्षा टोलीले एक व्यक्तिबाट झोला खानतलासी गर्दा सेनेटाईजर र औषधीको पोका भित्र लुकाएर राखिएको अवस्थामा उक्त अवैध रकम फेला परेको शसस्त्र प्रहरी भंसार सुरक्षा गुल्म कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारीदिनुभयो।

नेपालभारत सिमा दशगजाभन्दा ५० मिटर नेपाली भुभागमा ती व्यक्तिलाई चेकजाच एवं झोला खानतलासी गर्दा भारु ५ सय दरका ४९ वटा गड्डी (नेपाली रु ३९ लाख २० हजार) रुपया नगद र सेनेटाइजरको वोतल समेत फेला परेको गुल्मपति शाहीले बताउनुभयो।

शसस्त्र प्रहरीलाई झोला हेर्न दिएर झुकाई ती व्यक्ति भारततर्फ नै फरार भएको र बरामद भएको उक्त रकम राजश्व अनुसन्धान कार्यालयमा पठाएको सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले जानकारीदिए।

यसैगरी केही दिनअघि सशस्त्र प्रहरीले सीमा क्षेत्र चाकर चौडानजिकबाट एक व्यक्तिसंग स्रोत नखुलेको १६ लाख नेपाली रुपैया बरामद गरेको थियो। उक्त रकम नेपालबाट भारत सुन तस्करी कारोवारको रकम भएको बताईन्छ। 

WHO hand washing technique

Check Also

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Tweet
Share
Pin
Share