Breaking News
Home / Featured / अख्तियारको टोली स्टिङ अपेरेसनमा : मुद्धा मिलाईदिने घुसीयाहरु पक्राऊ

अख्तियारको टोली स्टिङ अपेरेसनमा : मुद्धा मिलाईदिने घुसीयाहरु पक्राऊ

कृष्णप्रसाद ढकाल

भैरहवा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको विशेष टोलीले स्टिङ अपेरेसनमा शुक्रवार अपरान्ह ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत एक प्रहरी हवल्दार दम्पतीलाई ४ लाख घुस रकम सहित नियन्त्रणमा लिएको छ।

अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसलबाट हवल्दार शिवचन्द्र साहनी र उनकी पत्नी निर्मला केवटलाई रंगेहात पक्राउ गरेको जानकारीदिएका छन्।

प्रहरी दम्पतीले प्रहरी हिरासतमा रहेका अभियुक्तलाई धरौटीमा छुटाइदिनका लागि घुस रकम लिएको बुझिएको छ। उनीहरुलाई आयोगको टोलीले बुटवल कार्यालयमा राखी थप अनुसन्धान कार्वाही अगाडी बढाएको जनाएको छ।

राजस्व अनुसन्धान अधिकृत २ लाख घुस...

यसअघि आईतबार आयोगले राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विजय राना एवं गुड्खा चिनी व्यवसायी अनिल कुमार झा उपर बिगो २ लाख घुसररिसवत लेनदेन गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको छ ।

अनुसन्धान अधिकृत विजय रानाले गुड्खा र चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुसररिसवत लेनदेन गर्ने गरेको आरोप उपर आयोगको टोलीले निगरानी बढाई नियन्त्रणमा लिएको थियो।

राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विजय रानाले श्री महालक्ष्मी सुगर्स प्रा.लि. कपिलवस्तु (हाल सर्लाही) मा कार्यरत रही हाल सोही कम्पनीको परिवारिक स्वामित्वको कम्पनी विजार्ड फ्रेगरेन्स उद्योग प्रा.लि. Wizard Fragrances Udyog Pvt. Ltd. कपिलवस्तुमा कार्यरत अनिल कुमार झाबाट VCTS -Vehicle & Consignment Tracking System), राजस्व लगायतका विभिन्न कामकाजमा सहजीकरण गरिदिएवापत घुसररिसवत लिएका थिए।

रानाले बा.२ झ. १७६७ नम्बरको सरकारी प्लेटको टोयटा हाईलक्स गाडीमा २ लाख घुस रकम लुकाएर बुटवल आउदै गर्दा पक्राऊ परेका थिए।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले सोही बमोजिम कार्वाहीको मागदाबी लिइएको छ।

लेखा अधिकृत समेत १५ जना उपर भ्रष्टाचारको आरोपपत्र दायर 

यसैगरी आयोगले लुम्विनी प्रदेसको भेरी अस्पताल, नेपालगंज, बाँकेका लेखा अधिकृत माधव प्रसाद आचार्यसमेत १५ जना उपर घुसररिसवत दिईलिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।

खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख ८ लाख घुस आरोपपत्र दायर

यसअघि आयोगको टोलीले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसमेत ३ जना उपर बिगो ८ लाख २२ हजार विगो कायम गरी घुसरिसवत सम्बन्धी आरोपपत्र पनि दायर भएको छ।

साहसमेत ४ जना उपर बिगो ७ लाख ९२ हजार ५ पाचसय ५९ रुपैया गैरकानुनी लाभ वा हानी सम्बन्धी आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष नियन्त्रणमा

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ११ अन्तर्गतको सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानाले सेवाग्राहीबाट ८० हजार घुस ररिसवत लिएको अवस्थामा नियन्त्रणमा लिएको छ।

सवडिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालक सहित काठ बरामद गरेको मुद्दा मिलाइदिन भनि रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनी पक्राउ परेको आयोगका प्रवक्ता तारानाथ अधिकारीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

वन रक्षक पक्राउ 

सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विक बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीबाट शनिवार पक्राउ परेका छन्।

काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको अवस्थामा वन रक्षक विक सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारीदिए।

अख्तियारको टोली स्टिङ अपेरेसनमा : मुद्धा मिलाईदिने घुसीयाहरु पक्राऊ, सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष नियन्त्रणमा, राजस्व अनुसन्धान अधिकृत २ लाख, खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख ८ लाख घुस, लेखा अधिकृत समेत १५ जना उपर भ्रष्टाचारको आरोपपत्र दायर…

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share