Breaking News
Home / Featured / भैंरहवाका युवा सहित ४२८ जनामा कोरोना

भैंरहवाका युवा सहित ४२८ जनामा कोरोना

भैंरहवा। नेपालमा कोरोना संक्रमीत दिनप्रतिदिन थपीदै ४२८ जना पुगेका छन्। बुधवार २६ जनामा पोजेटिभ देखिएको रिपोटमा २१ जना प्रदेस ५ मा संक्रमीत पहिचान भएका छन्।

प्रदेस ५को कपिलवस्तु जिल्लामा १३ जना, बाकेमा ६ जना, रुपन्देही भैरहवामा एकजना र पश्चिम नवलपरासीमा १ जना र धनकुटामा ५ सहित बुधवार २६ जनाको स्वाव रिपोट पोजेटिम देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।

कपिलवस्तुको महराजगंजमा ९ जना, विजयनगर गाऊपालिकामा ३ जना र १ जना कपिलवस्तुमा फेला परेका छन्। 

भारत नौतुनामा क्वारेन्टाइन वसी नेपाल ल्याई भैरहवा लिलाराम मा.विको क्वारेन्टाइनमा रहेका एक प्रुषमा कोरोना पोजेटिभ देखिएको छ । उनको स्वाव परिक्षण प्रदेस जनस्वास्थ्य प्रयोगशालाको राष्टिय गहुवाली अनुसन्धान केन्द्र भैरहवामा परिक्षण रिपोटमा पोजेटिभ देखिएको प्रयोगशालाका प्रमुख तथा जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारीदिनुभयो। 

गुल्मीका पुरुष स्थीर

क्रिमसन अस्पतालमा जेठ १ गतेदेखि उपचार गरिरहेका गुल्मी मदाने गाउपालिका ६ का ४१ वर्षीय पुरुषमा ५ गते कोरोना पोजेटिभ देखिइ आईसियुमा उपचार भईरहेको र उनको स्वास्थ्य अवस्था स्थीर रहेको प्रदेस ५ स्वाथ्य निर्देशनालयका सहप्रवक्ता डा. रोशन चौधरी वताउनुभयो।

विभिन्न संचारमाध्यम एवं सामाजिक संजालहरुमा उनको मृत्यु भएको भन्ने खवरप्रति अस्पताल प्रशासनले आपती जनाउदैं त्यसको खण्डनमा प्रेस विज्ञप्ती जारी गरेको छ।

यसैगरी नेपाली काग्रेस रुपन्देही जिल्ला सचिव रामकृष्ण खाणले लोकतन्त्रवादी नेपाली काग्रेसमा आस्थावान शुभेच्छुक शिक्षक अस्पताल एव चिकित्सक तथा स्वास्थ्य मन्त्रालय सम्वन्ध्ति निकायले पुष्टी नगर्दै मृत्यु भएको भन्ने अमानविय चरित्र प्रदर्शन गर्नेलाई कानुनी कार्वाही हुनुपर्ने माग गर्दै बुधवार प्रेस विज्ञप्ती जारी गरेका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन्।

प्रदेसमा १८९ जना संक्रमीतको पहिचान

बाकेमा ९९ जना, कपिलवस्तुमा ६० जना, रुपन्देहीमा २८ जना, दाडमा ४ जना, वर्दीयामा २ जना, पश्चिम नवलपरासीमा ३ जना, गुल्मीमा १ जना सहित प्रदेस ५मा बुधवार दिउसो ४ वजेसम्म १८९ जनामा कोरोना पोजेटिभ पहिचान भएको छ।

प्रदेसमा अझै १३३७ जनाको स्वाव परिक्षण नतिजा आउन बाकी रहेको छ।

नेपालगज, भैरहवा र काठमाण्डौ ३ ठाउमा बाडेर उनीहरुको आरटी एवं पिसिआर परिक्षणको कार्य जारी रहेको छ । हालसम्म स्वाव संकलन गरिएको ६८११ मध्ये ५४७४को नतिजा आएको छ। जसमध्ये १८९ जनामा पोजेटिम देखिएको छ। प्रदेसमा १५ हजार ४४७ जना क्वारेनटाईनमा छन्।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share