Breaking News
Home / Featured / भैंरहवा र बुटवल नगरक्षेत्रमा लकडाउन

भैंरहवा र बुटवल नगरक्षेत्रमा लकडाउन

भैंरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि शनिवार रातीदेखि भदौं ५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ।

रुपन्देहीमा हालसम्म ४ सय २७ जना कोरोना पोजेटिभका बिरामी पहिचान भएकामध्ये १ जनाको ज्यान गएको छ।

भारतसंग जोडिएको खुला सिमानाका कारण सिद्धार्थनगरमा मात्रै नभई रुपन्देहीका सिमावर्ती लुम्विनी, समरीमाई, मर्चवारी कोटहीमाई, रोहीणी पालिकाहरु हुदैं बुटवल, तिलोत्तमा, मायादेवी सैनामैना समेत कोरोनाको संक्रमण व्यापक रुपमा फैलिएको छ।

बुटवल उपमहानगरपालिकाले पनि भदौं ५ गतेसम्मका लागि लकडाउन गरेको छ।

लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाई, विद्युत्, खानेपानी र अत्यावश्यक सेवा मात्रै संचालन गर्न दिने निर्णय भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासीनीले जानकारीदिनुभयो।

यसैगरी खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुधजन्य पदार्थको बिक्रीवितरणका लागि माक्स लगाएर भौतिक दुरी कायम गरी बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म विक्री वितरण गर्नदिने निर्णय भएको नगरपालिकाका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताए।

नगरभित्रका बैंक तथा वित्तीय संस्था एवं सहकारी संस्थाले स्वास्थ्यको मापदण्ड अपनाई सुरक्षीतढंगले न्यून कर्मचारीबाट सेवा प्रवाह गर्नसक्नेछन्।

भैरहवा एवं बुटवल व्यापारीक एवं औद्योगिक कोरीडोरको प्रभावित शहर भएकाले लकडाउनको अवधिमा सिद्धार्थ राजमार्ग, हुलामी मार्ग एवं महेन्द्र राजमार्गमा सवारी चालकले नगर क्षेत्रभित्र रोक्न प्रतिवन्ध लगाएको छ।

खाद्यजन्य पदार्थ ढुवानीका साधनहरु पनि सुरक्षाकर्मीको रोहवरमा बेलुकी ७ देखि ११ बजेसम्म मात्र लोड र अनलोड गर्न पाउनेछन्।

प्रदेस ५मा हालसम्म ४ हजार ९ सय ४९ जना कोरोना संक्रमीत पहिचान भएका छन। जसमध्ये अहिले ६९० जनामा कोरोना संक्रिय विरामी रहेको र १५ जनाको ज्यान गईसकेको प्रदेस सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले जानकारीदिएका छन्।

 

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share