Breaking News
Home / Featured / प्रदेस ५ का घुसीयाहरु दिनहु अख्तियारको पञ्जामा

प्रदेस ५ का घुसीयाहरु दिनहु अख्तियारको पञ्जामा

घुससहित राजस्व कार्यालय प्रमुख पक्राउ

कृष्णप्रसाद ढकाल

भैंरहवा। बुटवलमा राजस्व अनुसन्धान कार्यालयका प्रमुख २ लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले मंगलवार दिउसो राजस्व अनुसन्धान कार्यालयका प्रमुख विजय राना र घुस दिने गुटका एवं चिनी व्यवसायी अनिल कुमार झालाई घुस रकम सहित संयुक्त रुपमा नियन्त्रण लिएको हो।

शनिवारदेखि आयोगको टोलीले प्रत्येक दिन प्रदेस ५का जिल्लामा घुसखोरहरु ७ जनालाई नियन्त्रणमा लिएको छ।

घुस दिदैलिदै गरेको भन्ने गोप्य सूचना पाउदा साथै अनुसन्धानको टोली घटनास्थलमा पुग्दा कुरा सत्य देखिएको आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारीदिनुभयो।

राजस्व कार्यालयका प्रमखसहित दुवैजनालाई काठमाण्डौं आयोगमा हाजिर गराएर थप अनुसन्धान गरिने तयारी भएको अख्तियार बुटवलका प्रमुख डा. भीष्मप्रसाद भुसालले जानकारीदिए।

यसैगरी सोमवार अख्तियारको टोलीले बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई स्रोत नखुलेको नगद र बैंक जम्मा गरेको भौजर ८ लाख ९८ हजार घुस रकम सहित रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० मा नियन्त्रणमा लिएको थियो।

यसअघि आयोगको टोलीले शनिवार दाङ, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्यायलाई नागढुङा काठमाडौंमा चेकजाँच गर्दा निजको साथबाट नगद, फिक्स डिपोजिट तथा बैंक डिपोजिट रसिद श्रोत खुलेको १४ लाख ४८ हजार ३९६ रुपैया सहित नियन्त्रणमा लिएको थियो।

यसैगरी अख्तियारले दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने गोविन्द शाह र ऐ. जिल्ला लमही नगरपालिका वडा नं. ५ बस्ने समीर भण्डारीउपर घुसररिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।

WHO hand washing technique

Check Also

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Tweet
Share
Pin
Share