Breaking News
Home / Featured / नेपालीलाई भारतले ख्याल गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल 

नेपालीलाई भारतले ख्याल गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल 

बुटवल। भारतमा रहेका नेपाली नागरीकलाई भारत सरकारले ख्याल गर्नुपर्ने प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेले बताएका छन्।

सोमवार नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रद्धारा मुख्यमन्त्री पोखरेललाई भारतमा रहेका नेपालीहरु समस्यामा रहेको र उनीहरुका पिडाहरु समाधान गर्ने सन्दर्भहरु सहितको ज्ञापन पत्र बुझ्ने क्रममा सो कुरा बताएका हुन्।

नेपाल सरकारले भारतीय नागरिकहरुलाई सुरक्षित तरिकाले हेरविचार गरिरहेको उल्लेख गर्दै भारत सरकारले पनि नेपालीहरुको हेरचाहा गर्नुपर्ने बताए। संस्थाकी अध्यक्ष सुनिता कुँवरले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै भारतमा नेपालीहरु कोरोनाको मारले दैनिकी काट्न पनि नसक्ने अवस्थामा पुुगेको बताइन्।

मुख्यमन्त्री पोखरेले भारतमा रहेका नेपालीहरुको समस्या समाधान गर्न केन्द्र सरकार संग पहल गर्ने बताए। भारतमा रहेका नेपालीहरु कयौँ दिनसम्म हिडेर नेपाली सिमा नाकामा आएको तर नेपाल प्रवेश गर्न नपाउँदा उनी नाकामै विचल्ली परेको ज्ञापन पत्रमा उल्लेख छ।

भारतमा रहेका नेपालीहरु नेपाल सरकारले तोकेको परिधिभित्र रही आवश्यक समय नेपाली क्वारेन्टाइनमा बसी स्वास्थ्य परिक्षणगरि घर फर्कन चाहेकोछ।

यदि यथासिघ्र नेपाल फर्काउन नसकिने अवस्था भए सोही स्थानमा गास र बासको व्यवस्थापन गरिनुपर्ने समितिका उपाध्यक्ष राजु कुँवरले बताए।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share