Breaking News
Home / Featured / सरकारको कमजोरीले भ्रष्टाचार बढयो : सभापति शाह

सरकारको कमजोरीले भ्रष्टाचार बढयो : सभापति शाह

बुटवल। प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारको कमजोरीका कारण नेपालमा संस्थागत भ्रष्टाचार बढ्दै गएको चिन्ता प्रकट गरेका छन्।

रिपोर्टर्स क्लव प्रदेश ५ ले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सभापति शाहले उक्त कुरा बताउनु भएको हो। अहिले नेपालमा भ्रष्टाचार मुद्धाको ७ खर्ब बेरुजु फर्छयोट गर्न अझै बाकी रहेको उनले जानकारीदिए। सरकारको व्यवहार सफा नहुदा काम गर्नेले पनि जस नपाएको संस्थागत रुपमा भ्रष्टाचार बढदै गएको उनले दावी गरे।

सार्वजनिक लेखा समिती स्वमले कार्वाही गर्ने, अभियुक्त पक्राउ गर्ने, मुद्धा निरुपण गर्ने होइन। हामीले राज्यका कुन अंग एव निकाय वा व्यक्तिले कहा अनियमितता गरे भए भन्ने कुराको यथार्थ तथ्य पता लागेमा कार्वाहीको लागि सिफारीश गर्ने अधिकार मात्रै हो। सभापति शाहले भने।

संसदको सार्वजनिक लेखा समितीले अदालत, वाइडबढी, एनसेल, गोकर्ण, बालुवाटारलगायतका काण्डमा छानबिन गरिरहेको र कतिपय काण्डमा आफुहरुले गरेको निश्कर्ष नै अन्तिम भएको उनले दावी गरे।

समितीले दुधको दुध र पानीको पानी छुटाउने प्रयासमा रहेको र अहिले डाटा कलेक्सन गर्दै वास्तविक तथ्य सार्वजनिक गर्ने तयारमिा लागेको उनले वताए। 

संविधान अनुसार सभामुख वा उप—सभामुख फरक फक दल र लिंगको हुनुपर्ने र सूचना प्रबिधि विधयेक संविधान एवं लोकतान्त्रिक व्यवस्थाको खिलाफ, मानव अधिकार विरोधमा देखिएको उनले टिप्पणी गरे। 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share