Breaking News
Home / Featured / कोरोना एकसातामा तीनगुनाले बृद्धि

कोरोना एकसातामा तीनगुनाले बृद्धि

कपिलवस्तु। नेपालमा विहिवार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सतक पुराएको कपिलवस्तुमा शनिवार पुनः ३ जनाको नतिजा पोजेटिभ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणको पछिलो नतिजा अनुसार कपिलवस्तुका सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा १०९, प्रदेस ५ मा ३० जना कोरोना पोजेटिभ 

प्रदेस स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले नया थप सहित प्रदेस ५ मा ३० जनामा कोरोना पोजेटिभ देखिएको जानकारीदिए। जसमा १८ पुरुष र १२ जना महिला छन्। ७ वर्षदेखि ६५ वर्ष उमेरका छन्। युवा उमेरका बढी छन्।

भारतबाट स्वदेस आएका व्यक्तिले प्रदेस ५ मा कोरोना संक्रमण फैलाएका छन्। बैशाख १९ गते पहिलो पटक भारतबाट आएका रुपन्देही कोटहीमाई र बाँकेको नेपालगंजमा १।१ जना संक्रमीत फेला परेका थिए।

उनीहरुको सम्पर्कमा रहेका व्यक्तिलाई पछाउदै आरडीटी र स्वाव संकलन तथा परिक्षण गर्दै जादा शनिवारसम्म ३० जना संक्रमीत पहिचान भएका छन्। संक्रमीतको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको निर्देशक विनोद गिरीले जानकारीदिनुभयो।

प्रदेस ५ मा बाँके नेपालगंजमा २४ जना, कपिलवस्तु मायादेवीमा ५ जना र रुपन्देही कोटहीमाईमा एकजना संक्रमीत पहिचान भएका छन्। स्वाव संकलन गरिएका मध्ये अझै १३२ जनाको नतिजा आउन बाकी रहेको छ। 

संक्रमीत कहाँबाट आए

संक्रमित मायादेवी गाउँपालिका–१, पकडीस्थित छत्रपाली तिर्थादेवी मावि क्वारेन्टाइनमा बसेका युवा हुन। उक्त क्वारेन्टाईनमा ६५ जना वसेका ३ जनामध्ये मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका एकजना, सोही पालिका वडा नं. ८ विजुवाका एकजना युवा र शुद्धोधन गाउँपालिका–६ का एकजना हुन्। बिजुवा र शुद्धोधनका संक्रमीत ती युवाहरु २० गते मुम्बईबाट पिपरा सिमानाकाबाट नेपाल स्वदेस फर्केका थिए। 

४९ जना अस्पतालमा

प्रदेसका १२ वटा जिल्लामा कोरोना विशेष अस्पतालमा ४० जना र सामान्य अस्पतालमा ९ सहित ४९ जनाको उपचार जारी रहेको छ। प्रदेसका ५५५ वटा क्वारेन्टाईनमा ५ हजार ८२० जना कवारेन्टीनमा छन्। १९ वटा अस्पतालमा ४०५ केस छन्। 

प्रदेसका ४ वटै प्रयोगशाला बन्द

पाँचदिनदेखि प्रदेसमा मौजदात किड सकिएर अभाव हुदा यहाका ४ वटै प्रयोगशालाहरु बन्द रहेका छन्। यसघटनाका कारण कोरोना परिक्षण एवं रोकथामप्रति सरकारको कमजोरी एवं लापर्वाही देखिएको छ।

भेरी अस्पताल प्रयोगशालामा ५९८ जनाको आरडिटी पिसीआर परीक्षण गर्दा २४ जनाको पोजेटिभ देखिएको हो। उक्त प्रयोगशालामा परीक्षणमा अझै ७० जनाको स्वाव प्रोसेसमा छ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जना, राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ६२ जनाको परिक्षण नतिजा आउन बाकी रहेको स्वास्थ्य निर्देशालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारीदिनुभयो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा स्वाव परिक्षणमा पछिलो ६ जना र भेरी अस्पतालको प्रयोगशालामा ५९८ जनाको आरटी पिसिआर परिक्षणमध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशक डा. गिरीले जानकारीदिए।

  • प्रदेसमा आरडिटी टेष्ट ६६३८ जनाको र स्वाव संकलन गरिएका १८२३ जनामध्येमा ३० जनामा कोरोना पोजेटिभ देखिएको छ। 

 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share