Breaking News
Home / Featured / रुपन्देही र बाकेमा भेटिए कोरोनाका बिरामी

रुपन्देही र बाकेमा भेटिए कोरोनाका बिरामी

काठमाण्डौ। प्रदेस ५ को राजधानी जिल्ला रुपन्देही र बाकेमा शुक्रवार एकासी दुईजना कोराना भाइरस (कोभिड १९ का) संक्रमीत बिरामी पहिचान भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले शुक्रवार दिउसो प्रदेस ५मा राजधानी जिल्ला रुपन्देहीको कोटहीमाई गाउपालिका वडा नं. १ सिपवा गाऊका २५ वर्षीय युवा बाँके जिल्लाका ६० वर्षका पुरुषमा कोभिड १९ को भाइरस पोजेटिभ भेटिएको जानकारीदिएका छन्।

नेपाल भारत दुवैतर्फ जारी लकडाउनलाई अवेज्ञा गर्दै वैशाख ५गते भारतबाट नेपाल छिरेका ती युवाको स्वाव परिक्षणमा कोरोना पोजेटिभ पाईएको छ। अहिले उनीलाई उपचारको लागि प्रदेस ५को कोरोना अस्पताल बुटवलमा भर्ना गरीएको छ।

यसैगरी बाँकेका पुरुषको खजुरास्थित कोरोना अस्पतालमा उपचार भईरहेको प्रदेस ५ सामाजिक विकास मन्त्रालयका अधिकारीले जानकारीदिए।

प्रदेस ५ सरकार तथा स्थानिय गाऊपालिकाले बिरामीको पुर्ण विवरणसहित उनीसंगको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य राख्ने र रेड जोनका रुपमा उच्च सतर्कता बढाएको सामाजिक विकास मन्त्री सुदर्सन बरालले बताए।

प्रदेस ५मा फेला परेका दुईजना सहित अहिले नेपालमा ५९ जना विरामी पहिचान भएका छन् जसमध्ये १६ जना निको भई घर फर्कीसकेका छन्।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share