Breaking News
Home / Featured / आईसियुमा कोरोना : अस्पताल शिल

आईसियुमा कोरोना : अस्पताल शिल

बुटवल। अस्पतालको आईसिय कक्षका विरामीमा कोरोना देखिएपछि क्रिमसन अस्पताललाई सिल गरिएको छ। 

रुपन्देही तिलोत्तमा नगरपालिका मणीग्रामस्थित क्रिमसन अस्पतालको आईसियु कक्षमा उपचार गरिरहेका गुल्मी मदाने गाउपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि सोमबार साझबाट अस्पताललाई सिल गरिएको हो। 

एम्वुलेन्सबाट केहिदिन अघि आएका उनीको अस्पताललको आईसिय कक्षमा राखी उपचार जारी रहेको जेठ २ गते ती विरामीको पिसिआर परिक्षणका लागि पठाएकोमा आज पोजेटिभ रिपोट प्राप्त हुन आएको प्रदेस ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरीले जानकारी दिनुभयो।

प्रदेस ५ का तराईका सवै जिल्लामा दुईहप्तादेखि देखिन थालेको कोरोना सोमवार पहिलो पटक पहाडी जिल्ला गुल्मीका व्यक्तिमा पनि फेला परेकोले गंभिरढंगले अब कन्ट्याक्ट टेसीडको काम अगाडी वढाइने डा.गिरीले वताए। 

यसैविच प्रदेस ५ मा सोमवार साझसम्म एकैदिनमा बाकेमा ४७ जना, गुल्मीमा १जना र दाडमा १ सहित ४९ जना नया संक्रमीत पहिचान भएका छन्।

यससंगै प्रदेस ५मा १५९ जना कोरोना पोजेटिभ भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ। जसमा बाकेमा ८१ जना, कपिलवस्तुमा ४३जना, रुपन्देहीमा २७ जना, दाडमा ४ जना, वर्दीयामा २ जना, नवलपरासीमा १जना र गुल्मी १ जना पहिचान भएका छन्। 

कपिवलस्तुको यशोधरा गाऊपालिकाका दुईवटा क्वारेन्टीनमा रहेका ४५ जना व्यक्तिहरु फरार भएको र जिल्लामा ४३ जनामा कोरोना पोजेटिभ देखिएपछि कपिलवस्तु प्रशासनले जेठ २० गतेसम्म कपिलवस्तु जिल्ला सिल गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारीदिएका छन्। 

प्रदेसमा भारतीय सिमासंग जोडिएका सवै ६ वटा जिल्ला र पहाडी एक गुल्मीमा कोरोना देखिएको छ । प्रदेसको पाल्पा, अर्घाखाची, प्यूठान, रोल्पा र रुकुम भने अहिलेसम्म कोरोनामुक्त जिल्ला ठानिएका छन्।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share