Breaking News
Home / Featured / कोरोना विरुद्ध लडन प्रदेसका स्वास्थ्यकर्मी तयार

कोरोना विरुद्ध लडन प्रदेसका स्वास्थ्यकर्मी तयार

बुटवल। प्रदेस ५ मा ७ वर्षे बच्चा सहित आईतवार ७ वर्षे बच्चा सहित ११ जनामा कोरोना भाईरसको संक्रमण फेला परेसंगै यसक्षेत्रका स्वास्थ्यकर्मी कोरोना विरुद्ध लडन खटिएका छन्।

नेपालगंजमा आईतवार ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोना भाईरसको संक्रमण फेला परेसंगै यसक्षेत्रका स्वास्थ्यकर्मी कोरोना विरुद्ध लडन तयार भएको प्रादेशीक अस्पताल बुटवलका मेडिकल सुपरीटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले जानकारीदिनुभयो।

प्रदेस ५ मा पहिलो पटक शुक्रवार नेपालगंज र रुपन्देहीको कोटहीमाईमा एकएकजना विरामी पहिचान भएसंगै यसक्षेत्र ११ जनामा कोरोना भाईरसको संक्रमण फेलाका थिए । उनीहरुको कन्ट्याक्ट टेसिड गर्दै उनका परिवारका सदस्यहरुको समेत स्वाव परिक्षण गर्दा यसक्षेत्रमा कोरोनाका थप ९ जना विरामी भेटिएको हो ।

कोरोना भाईरसका विरामीहरुको उपचारका लागि प्रदेसभित्र १२ जिल्लाका सरकारी तथा नीजि मेडिकलका १९ वटा अस्पतालका आइसोलेसन वेड तयार गरी स्वास्थ्यकर्मीे खटिएका छन्।

हालसम्म ती अस्पतालहरुले शंकास्पद ३५३ वटा केस बिरामीहरुहरुको उपचार गरेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारीदिए।

क्वारेन्टीनमा रहेका व्यक्तिहरुको आरडीटी टेष्टका साथै स्वाव संकलन तथा परिक्षणको कार्य पनि तिव्रगतिमा जारी छ।

प्रदेसभित्र १२ वटै जिल्लामा स्थानिय पालिकाहरुले पायक पर्ने स्थानमा क्वारेन्टाईन बनाएर मानिस राखिएका छन्।

आईतवार प्रदेसका ५९२ स्थानका क्वारेन्टाईन १५ हजार ७ सय ८४ वेडमा १० हजार ६ सय ५४ जना बास बसेको प्रदेस ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जानकारीदिनुभयो।

हालसम्म प्रदेसमा एक हजार २ सय ३७ व्यक्तिको स्वाव संकलन एवं परिक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ।

अझै ३ सय ८६ जनाको स्वाव परिक्षणको कार्य प्रोसेसमा रहेको प्रदेस जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मीले जानकारीदिए। यसैगरी प्रदेसमा ४ हजार ७ सय ४४ जनाको आरडीटी किड टेष्ट भएको छ। 

निमा प्रतिष्ठानले दियो सुरक्षा कवच

प्रदेसमा कोरोना भाईरसका विरामीको संख्या एकासी वढेसंगै प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई ५÷५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ।

स्वास्थ्यकर्मीहरु आफू सुरक्षीत भएर विरामीहरुको उपचारमा सहज पुराउने उदेश्यले प्रतिष्ठानले दुईवटै अस्पताललाई पीपीई ५ थान, फेस सेल्ड (हेल्मेट), ५ थान, पञ्जा ५ जोडा, स्यानेटाइजर २० पिस र बुट ५ जोडा उपलब्ध गराएको प्रतिष्ठान कार्यकारी निर्देशक स्वाती थापाले जानकारीदिनुभयो।

कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्म बहादुर के.सी.ले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. राजेन्द्र प्रसाद खनाल र भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नाललाई प्रतिष्ठानले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ।

डा. खनालले अस्पताललाई सुरक्षा कवच पीपीईसहित अन्य स्वास्थ्य सामाग्रीहरु अझै आवश्यकता रहेको वताउनुभयो। 

स्वास्थ्यकर्मीलाई तालिम

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई प्रतिष्ठानले तालिम प्रदान गर्ने योजना बनाएको छ। अमेरिकाको ब्राउन युनिभर्सिटी, मसेडोनियाको प्रोजेक्ट होपको सहयोग र प्रदेश ५ सामाजिक विकास मन्त्रालयको समन्वयमा कोरोना विरुद्ध लड्नका लागि आगामी साता तालिम सञ्चालन गर्ने तयारी भईरहेको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए।

पहिलो चरणमा प्रदेसका विभिन्न जिल्लाका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी १० जनालाई डट्स टे«निङ (तालिम) प्रदान गर्ने र उक्त तालिम लिएकाहरुले २ हजार बढी फ्रन्टलाइनमा काम गर्नेलाई सिकाउने योजना छ। 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share