Breaking News
Home / Featured / भिम अस्पतालमा प्रवेश निषेध

भिम अस्पतालमा प्रवेश निषेध

भैरहवा। प्रदेस ५ मा कोरोना पोजेटिभका बिरामी बढेसगै भैरहवास्थित भिम अस्पतालले अन्य प्रकृतिका बिरामीहरुलाई अस्पताल प्रवेशमा निषेध गरेको छ।

भिम अस्पतालले बुधवार अन्य रोगका बिरामीहरुको स्वास्थ्य जाच, उपचार एवं भर्ना लिएको छैन। साथै अस्पतालको जनरल एवं प्रसुती वार्डमा रहेका बिरामीहरुलाई हटाएर कोरोनाका बिरामीहरु भर्ना गरेको छ।

अस्पतालमा उपचारार्थ केहि बिरामीहरुलाई डिस्चार्ज गरी अन्यत्र पठाउनुका साथै ७ जना प्रसुतीलाई भने युनिभर्सल शिक्षण अस्पतालमा स्थानान्तरण गरेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताउनुभयो।

रुपन्देहीमा २८ जना, छिमेकी जिल्ला कपिलवस्तुमा ३८ जना र नवलपरासीमा एकगरी कोरोना संक्रमणका ६७ जना बिरामी देखापरेपछि भिम अस्पतालमा भेन्टीलेटर र आईसियु सहित ३५ वेडको व्यवस्था गरेको छ । अहिले अस्पतालमा बुधवार साझसम्म कपिलवस्तुका ४ जना र लुम्विनी क्षेत्रका ४ सहित ८ जना कोरोना पोजेटिभ बिरामीहरु भर्ना गरिएको मेडिकल सुपरीटेन्डेन्ट नविन दर्नालले जानकारीदिनुभयो। 

अस्पतालले कोरोना बिरामी उपचारका लागि एनेश्थेसिया चिकित्सक एवं स्वास्थ्यकर्मी भर्ना आह्वान गरेकोमा कसैको पनि दरखास्त नपरेको हुदा आवश्यक दक्ष जनशक्तिको अभाव भएको मेडिकल सुपरीटेन्डेन्ट डा. दर्नालले बताउनुभयो।

 

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share