Breaking News
Home / Featured / बुटवलमा २ जना कोरोना संक्रमित फरार

बुटवलमा २ जना कोरोना संक्रमित फरार

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ज्वरो किल्नीकमा स्वाव दिएर पीसीआर परिक्षण गरेका दुईजना पुरुष कोरोना भाइरस पोजेटिभको खबर पाएसंगै सम्पर्कविहिन भएका छन्।

एनसेल कम्पनीको मोवाईल सम्पर्क नम्वर दिएका उनीहरुको पहिलो फोन उठेपछि शनिवार दिउसोदेखिनै सम्पर्कविहिन भएका छन्। उनीहरुको क्न्ट्रयाक्ट ट्रेसिङको लागि स्थानिय समुदाय एवं प्रहरीले समेत व्यापक रुपमा खोजी अनुसन्धान जारी राखेका छन्।

साउन १६ गते शुक्रवार प्रादेशिक अस्पताल बुटवलको ज्वरो किल्नीकमा आएर शुल्क बुझाएर स्वाव दिएर गएका बुटवल उपमहानगरपालिका वडा नं. ६ हाटबजार ठेगाना लेखाएका २७ वर्ष र ४६ वर्षका दुवैजना पुरुषको स्वाव परिक्षण प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको प्रदेस ५ कोरोना प्रयोगशालाका निमित्त प्रमुख एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारीदिनुभयो।

अस्पतालले कोरोना पोजेटिभ आएको फोनबाट जानकारी गरेपछि फोन काटेर सम्पर्कविहिन भएका उनीहरु अझसम्म सम्पर्कमा आएभन्ने कहिकतैबाट खबर नआएको रुपन्देहीका प्रहरी उपरीक्षक हेम बहादुर थापाले बताए।

बुटवल उपमहानगरका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले संक्रमितहरु नभेटिदा उनीहरुको यात्रा विवरण र क्न्ट्रयाक्ट ट्रेसिङको काममा समस्या भएको वताए।

संक्रमितहरुको खोजतलास जारी राख्दै उनीहरु बस्दै आएको घरमा बसेका घरबेटी लगायतको पिसीआर परिक्षणको तयारी थालिएको छ। बुटवल ५ हाटबजारलाइनमा मसला र दालमोटको व्यापारी गर्ने उनीहरु भारतीय नागरिक भएको वताईन्छ।

रुपन्देही जिल्लामा आईतवारसम्म ३४२ जना कोरोना संक्रमीत पहिचान भएका छन्। जसमध्ये १ जनाको निधन भएको र हाल संक्रिय संक्रमीत ३० जनाको विभिन्न अस्पतालमा उपचार भईरहेकोछ। प्रदेस ५मा अहिलेसम्म ४२८७ जना कोरोना संक्रमीत पहिचान भएकोमध्ये १३ जनाको मृत्यु भएको छ।

WHO hand washing technique

Check Also

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Tweet
Share
Pin
Share