Breaking News
Home / Featured / जेठ ५ गते रातीसम्म कपिलवस्तु जिल्ला सिल : सिमामा १९ सयबढी नागरिक अलपत्र

जेठ ५ गते रातीसम्म कपिलवस्तु जिल्ला सिल : सिमामा १९ सयबढी नागरिक अलपत्र

कपिलवस्तु। कपिलवस्तु जिल्लाका चारवटा पालिकामा १५ जना कोराना भाईरस संक्रमीत फेलापरेसंगै कपिलवस्तु जिल्ला सुरक्षा समितीले आज सोमवार सा“झ ५ वजेदेखि जेठ ५ गते राती १२ वजेसम्मकालागि कपिलवस्तु जिल्ला सिल गरेको छ।

कोरोना रोकथामका लागि कपिलवस्तु जिल्लालाई सातदिनसम्म पुर्ण रुपमा सिल गरी सिमानाकामा कडा सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनुभयो।

भारतीय सिमासंग जोडिएको यशोधरा गाउपालिकाका ८ जना, मायादेवी गाउपालिकामा ४ जना, शुद्धोधन गाऊपालिकामा १जना र बुद्धभूमी नगरपालिकाका २ जना सहित १५ जना व्यक्तिमा कोरोना भेटिएका छन्। क्वारेन्टीन रहेका उनीहरुलाई प्रदेस ५को अस्थायी कोरोना अस्पताल बुटवलमा लगिएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

भारतका शहरबाट विभिन्न मितीमा लुकीछिपी नेपाल छिरेका उनीहरुलाई स्थानिय व्यक्तिहरुको दवावमा क्वारेन्टाईनमा राखि उनीहरुको स्वाव परिक्षण गर्दा पोजेटिम नतिजा आएको हो।

उनीहरुसंगै क्वारेन्टार्यनमा रहेका २९० जनाको स्वाव संकलन गरी शनिवार जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएकोमध्ये ९० जनाको परिक्षणमा १० जनाको रिपोट पोजेटिभ देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं प्रशासकीय अधिकृत मनोज सैनीले जानकारीदिनुभयो।

बुद्धभूमी नगरपालिका १० गोरुसिंगेस्थित गौतमबुद्ध मा.वि.को क्वारेन्टीनमा रहेका १२५ जना, कपिलवस्तु नगरपालिकाका १०३ जना, यशोधरा गाऊपालिको अनिरुद्ध मा.वि र पशुपति शिक्षा मा.वि.का ६२ जना सहित २९० जनाको स्वाव संकलन गरी प्रयोगशालामा पठाईएको थियो।

जिल्लाका १० वटा पालिकाहरुमा निर्मित क्वारेन्टीनमा अझै एकहजार ३ सय ७९ जना रहेका छन्।
संक्रमीत व्यक्तिका परिवार र क्वारेन्टीनमा रहेका उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको टे«सीङ, खोजी एवं अनुसन्धानको कार्यका साथ शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टीनमा राखी स्वास्थ्य जाच गर्ने अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारीदिए।

स्वास्थ्य मन्त्रालयबाट डा. यदुनाथ घिमिरेको नेतृत्वमा ४ जनाको स्वास्थ्य टोली शनिवारदेखि कपिलवस्तु जिल्लामा खटिएको छ । भारत बम्वईबाट नेपाल छिरेका मायादेवी एवं शुद्धोधनका ५ जना व्यक्ति संक्रमीत फेला परेपछि स्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तु आएको हो।

राहत होईन अब टेष्ट र सिमामा अलपत्र परेका नागरिकलाई ततकाल व्यवस्थापन नगर्ने हो जिल्लामा भयावह एवं विपती आईलाग्ने मधेश मानव अधिकार गृहका संस्थापक अध्यक्ष एवं कपिलवस्तु नागरिक समाजका सल्लाहकार रविन्द्रनाथ ठाकुरले जानकारीदिनुभयो।

भारतका विभिन्न शहरबाट घरफर्कदै गरेका एकहजार ९ सय बढी नागरिकहरु कपिलवस्तुका विभिन्न ५ वटा सिमानाकाहरुमा अलपत्र अवस्थामा रहेका छन्।

सिमा दसगजामा अलपत्र परेका नेपाली नागरिकलाई भारतीय पक्षले नेपाल धपाउने तर यता नेपालका सुरक्षाकर्मीले रोक्ने गर्दा उनीहरुमा आक्रोश बढेको छ।

दिनभरी दसगजामा रहेका नागरिक रातपरेपछि सुट–ुसुटु लुकीछिपी खेत खोल्छाको बाटो हुदैं नेपाल छिरेर लुक्ने गरेको कपिलवस्तु नागरिक समाजका अगुवा रामदयाल ठाकुरले जानकारीदिनुभयो।

प्रदेसका प्रयोगशालामा कोरोना जाच गर्ने किड अभाव भई बन्द हुदा र आरडिटी टेष्ट पनि औपचारिकतामा देखाउने फितलो जाच एवं परिक्षण हुदा प्रदेसमा दिनप्रतिदिन कोरोना फैलिने खतरा बढेको छ।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share