Breaking News
Home / Featured / कोरोना भाइरस र लकडाउनको अनुगमन मर्चवारबाट सुरु

कोरोना भाइरस र लकडाउनको अनुगमन मर्चवारबाट सुरु

असलम खान

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा कोरोना भाइरस संक्रमण रोकथाम र लकडाउन पालनाको अवस्था एवं स्थानीय तह गरेको कामको बुधवार सरोकारवाला विशेष टोलीले संयुक्त रुपमा अनुगमन गरेका छन् ।

प्रतिनिधी सभाका निर्वाचित सांसद एव काग्रेसका युवा नेता प्रमोद कुमार यादवले मर्चवार क्षेत्रका ३ वटै गाउपालिकामा क्वारेन्टाइन रहेका नागरिकको अवस्था, सिमानाकामा सुरक्षा स्थिति र सुरक्षाकर्मीको अवस्थाबारे स्थलगत अवलोकन गरी जानकारी लिएको वताउनुभयो ।
जिल्ला समन्वय समिति, संघिय सांसद, प्रदेश सभा सदस्य र स्थानीय सरकारले संयुक्त रुपमा मर्चवार क्षेत्रबाट अनुगमनको सुरुवात थालेका जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताए ।

स्थानिय तहले गरेको कामको विवरण तयार पारेर प्रदेश तथा संघिय सरकारलाई पठाउने जानकारीदिए । कहि कतै अप्ठ्यारो छन भने त्यसको समाधान गर्न अनुगमन थालिएको टोलीका सदस्यले वताए ।

अनुगमनमा सुरक्षाकर्मी र जनप्रतिनिधीको जम्बो टोली

अनुगमन टोलीमा संघिय सांसद प्रमोद कुमार यादव, प्रदेससभाका निर्वाचित विधायक अष्ठभुजा पाठक, विधायक वसिउद्दिन खान, प्रदेससभाका समानुपातिक सदस्य कल्पना पाण्डे लम्साल, सुनिता ठाठेर, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्र्वकर्मा, सम्मरीमाई गाउपालिका प्रमुख जितेन्द्र नाथ शुक्ला (बब्लु) मर्चवारी गाउपालिका प्रमुख केशवनन्द बनिया, कोटहीमाई गाउपालिका प्रमुख चन्द्र भूषण यादव, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे, त्यस क्षेत्रका नेपाल प््हरी, संसस्त्र प्रहरीका सुरक्षा अधिकारीहरुलगायत सहभागी रहेका थिए ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share