Breaking News
Home / Featured / प्रदेसका ६ जिल्लामा ४४ जना कोरोना पोजेटिभ फेला

प्रदेसका ६ जिल्लामा ४४ जना कोरोना पोजेटिभ फेला

बुटवल। प्रदेसमा ५ को ६ जिल्लाहरुमा कोरोना भाईरसका बिरामीहरु फेला परेका छन्। १२ जिल्ला रहेको प्रदेसको बाके, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाची र प्यूठानमा कोरोना भाईरस पोजेटिभ बिरामी फेला परेका छन्।

प्रदेसमा सोमवार विहानसम्मको प्राप्त जानकारी अनुसार स्वाव परीक्षणबाट ४० जना र आरडिटी टेष्टबाट ४ जना सहित ४४ जनामा कोरोना भाईरसको संक्रमणका बिरामीहरु फेला परेको प्रदेस ५ को स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले जानकारीदिएका छन्।

बाके नेपालगंजमा २४ जना, कपिलवस्तु बुद्धभूमी नगरपालिका एवं यशोधरा गाऊपालिकामा १० जना, मायादेवी गाउपालिकामा ५ सहित कपिलवस्तुमा मात्रै १५ जना र रुपन्देहीको कोटहीमाईमा एकजना सहित ४० जनाको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ।

यसैविच प्यूठान जिल्लामा २ जना, अर्घाखाचीमा १ जना, पश्चिम नवलपरासी जिल्लामा १ जनाको आरडीटी टेष्टमा पोजेटिभ देखिएको छ । आरडिटी टेष्टमा पोजेटिभ देखिएका ती ४ जना व्यक्तिको स्वाव संकलन गरी जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको प्रक्रियामा रहेको डा. निर्देशक गिरीले जानकारीदिनुभयो।

ती संक्रमीत व्यक्ति १८ देखि ३४ वर्ष उमेरका छन्। खुला सिमानामा लुकिछिपी भारतबाट नेपाल छिरेका व्यक्तिबाट प्रदेस ५ मा कोरोना फैलिएको छ। १२ जिल्लामध्ये ६ जिल्लामा कोरोना संक्रमणका विरामी देखिएका छन् 

भने भारतसंग सिमा जोडिएको वर्दिया, दाङ, पहाडी जिल्ला गुल्मी, पाल्पा, रुकुम रोल्पा भने अझसम्म कोरोनामुक्त रहेका छन्।

प्रदेसका प्रयोगशालामा कोरोना जाच गर्ने किड अभाव भई बन्द हुदा र आरडिटी टेष्ट पनि औपचारिकतामा देखाउने फितलो जाच एवं परिक्षण हुदा प्रदेसमा दिनप्रतिदिन कोरोना फैलिने खतरा बढेको छ। 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share